९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण

  • चैत २५, २०८०
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र २५  । ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा लिएको छ । चैत्र २४ गते वीरगंज महानगरपालिका–१७ कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बको टाटा सुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा र सुमो गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ । यसैगरी सोही गुल्मले ९ लाख १३ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । चैत्र २० गते वीरगंज महानगरपालिका – १७ चण्डाल चोकबाट ना ३ ख ७८८८ नम्बरको ट्रकमा विलविजक भन्दा फरक सामान भएको पाईएपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएको सामान र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१