ताजा समाचार

९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण

  • चैत २५, २०८०
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र २५  । ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रण प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ पर्साले भारतर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहितको सुमो गाडी नियन्त्रणमा लिएको छ । चैत्र २४ गते वीरगंज महानगरपालिका–१७ कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बी.आर. १० जे ८२०१ नम्बको टाटा सुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा र सुमो गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ । यसैगरी सोही गुल्मले ९ लाख १३ हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । चैत्र २० गते वीरगंज महानगरपालिका – १७ चण्डाल चोकबाट ना ३ ख ७८८८ नम्बरको ट्रकमा विलविजक भन्दा फरक सामान भएको पाईएपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएको सामान र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤