ताजा समाचार

जनतामावि सितापुरसहित अधिकाँश एसईई सेन्टरहरुमा परीक्षाहलभित्र खुलेयाम चोरी सरोकारवाला बेखवर

  • चैत २०, २०८०
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ सिराहा,चैत २० गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित श्रीरामा महन्थी यादव जनता माध्यमिक विद्यालय सितापुर प्र.ध.को ( एसईई ) परीक्षा केन्द्रमा पुरै अमर्यादित बन्दै गएको पाइएको छ । माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को पहिलो दिन अङ्ग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन अनिवार्य गणितगरि आज चौथोँ दिन विज्ञान तथा प्रविधि विषयको परीक्षा पुरै अमर्यादित तरिकाबाट परीक्षा भएको छ । विद्यालयका प्रधानध्यापकहरु र केन्द्राअध्यक्ष बिच मिलेमतो गरेर खुलेयाम चिटिङ्ग हुने गरेको छ।

सो रामा महन्थी माध्यमिक विद्यालय सितापुर प्र.ध.सँगै राजमार्गसँग नछोएका ग्रामीण स्तरका ( एसईई ) सेन्टरहरुमा खुलेयाम चोरी हुन्छ । सितापुरसहित अधिकाँश परीक्षाकेन्द्रहरुमा यतिबेला अनुगमन सुस्त मिलेमतो चलखेल भएकै कारण एसईईमा चोरी हुन्छ । सुरक्षा निकायदेखि जिल्लाका एसईईसँग सरोकार राख्ने सबैको मिलेमतो रहेको देखिएको छ । जसले गर्दा, सिरहाको शिक्षाको स्तर दिनानुदिन खस्किदै गएको अवस्था छ।

यता, रामा महन्थी मावि सितापुरमा ३ वटा स्कुलहरु जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सापोखर्भिण्डा , धमियाईन मावि हमेशपुर पतारी, मावि पिप्राप्र.ध.का सेन्टर राखिएका छन् । उक्त परीक्षाकेन्द्रमा नियमित तर्फ उपस्थित विवरणहरु: छात्रा १३६, छात्र १०९ गरि अन्य जम्मा २६१ परीक्षार्थी सहभागी भएका छन् ।

यो सँगै सितापुर मावि, लहानको पशुपतिमावि, हनुमान प्रसाद शारदा मावि इनरुवा, जनता मावि सोनवर्षा, जनतामावि मौवाही , छजना लगायतका सेन्टरहरुमा सुरक्षाकर्मी र केन्द्राध्यक्षको फितलोले गर्दा खुलेयाम मोबाइल, फल्याप्प, गेसपेपर, गाइड, पकेटबुक , घडी परीक्षाहल भित्र छिराउँछन् । केन्द्राध्यक्षहरुले विद्यालयहरुसित मोटो रकम लिई पुरै खुल्मखुल्ला ( एसईई ) मा चोरी ( चिटिङ्ग ) गराउने गरेको छ ।

तर, शिक्षासँग सरोकार राख्ने अधिकारी , सुरक्षा निकायकर्मी मौन र सुस्त रहेको अवस्था छ । तलदेखि माथिसम्मको मिलेमतो रहेको पाइएको छ। जसले गर्दा भावीको दिनमा शिक्षाको स्तरमा चुनौती दिएको अवस्था छ । मौवाही , छजना माध्यमिक विद्यालयमा संचारकर्मी भित्रछिर्न नदिएपछि भित्र कोलाहल ( हल्ला ) भएको विद्यालयको द्वार गेटसम्म आवाज आइरहेको थियो । जसले गर्दा स्थानीय अभिभावकहरुले केन्द्राअध्यक्ष परिवर्तनको आवाज उठाइएको थियो ।

यो सँगै लहानको पशुपति माध्यमिक विद्यालय प्रधानध्यापक केन्द्राअध्यक्षले यसैवर्ष मात्रै नभएर प्रत्येकवर्ष सेटिङ्ग र चिटिङ्गमा लाखौं लाख असुली गरि सो विद्यालयले चिटिङ्ग र सेटिङ्गको नमुना बन्दै गएको स्थानीयहरुले टिप्पणी गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाई प्रमुख राजदेव यादव भन्नुहुन्छ - यदि परीक्षा हलभित्र मोबाइल , चिट, गेसपेपर, पकेटबुक भेटे सबै जवाफदेहीता आधारमा केन्द्राध्यक्ष कार्यवाहीमा पर्ने बताए । यता, सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार - परीक्षा मर्यादित हुनुपर्छ , हामीले अनुगमन गरिरहँदा परिक्षार्थीलाई असर नपुर्‍याई अनुगमन गरियौं। सिरहाका सबैजसो एसईई सेन्टरहरुमा सामान्य वातावरणमा परीक्षा हुने गरेको दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤