ताजा समाचार

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ

  • चैत १८, २०८०
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो । वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीको विशेष सूचना सङ्कलन टोलीले केही साता अगाडि चिनियाँ नागरिक वीरगन्जमा आवतजावत गरिरहेको नोटिस गर्‍यो । वीरगन्जमा चिनियाँ नागरिक घुमिरहेको सूचना पाएपछि प्रहरीले आफ्नो सतर्कता बढाएको थियो । प्रहरी सक्रियता बढाएसँगै गोप्यरुपमा उनीहरूको निगरानी गर्न थाल्यो । त्यसपछि प्रहरीले फेला पार्यो–उनीहरूको बस्ने घर र कार्यालय । 

सोही क्रममा प्रहरीले शनिबार साँझ उनीहरू बस्ने घरमा छापा मार्‍यो । त्यसपछि प्रहरीले लगत्तै कार्यालय सञ्चालन भइरहेको घरमा छापा मारेको थियो । कार्यालयबाट २ चाइनिज नागरिकसहित सामान बरामद गरेको छ । वीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय ठगी धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकले वीरगन्जमा पूरै घर भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए । उनीहरुले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤