ताजा समाचार

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • चैत ९, २०८०
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान चैत्र ९ । चोरी, पैठारी,तस्करी बढेसंगै नेपालका प्रशासनको पनि कठोरता बढेको देखिन्छ त्यसै अन्तरगत हिजो चैत्र सिरहा जिल्लाको लहान नगरपालिका १ बाट स्रोत नखुलेको दश लाख अबैध रकम सहित एक जनालाई लहान प्रहरीले पक्राउ गरि अनुसनधान कार्यालय इटहरी पठाएको छ  ।

जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ गोलचक्कर स्थित इलाका प्रहरि कार्यालय लहान सिरहाबाट प्रहरि निरीक्षक लिलाभक्त वादे र जिल्ला प्रहरि कार्यालय सिरहाबाट प्रहरि सहायक निरिक्षक  दुर्गा यादवको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा पुर्वबाट आईरहेको प्र ०१२-०१-००२ प ३९६९ नं.को सुपर स्प्लेण्डर मोटरसाईकलमा सवार भई आएका जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ सितापुर बस्ने अं. वर्ष ३० को मुकेश कुमार साहलाई शंका लागि चेकजाँच तथा शरीर खानतलासी गर्दा निजले आफ्नो साथमा बोकेको रातो रंङको झोलाबाट श्रोत नखुलेको नेपाल एसबिआई बैंकको स्टीकर लागेको रु.१,०००।– दरको नोटको १० वटा प्याकेट र अन्य रू.१६३०।- गरी जम्मा रु.१०,०१,६३०।– (अक्षरूपी दश लाख एक हजार छ सय तीस रुपैया) फेला परेकोले उक्त रकम रीतपूर्वक बरामद गरी र निजलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤