ताजा समाचार

५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दिवस रैली र अन्तरक्रिया कार्यक्रम गरी मनाइयो

  • चैत ९, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल /सन्जु कुमारी दास लहान ९ चैत्र । नेपालको संविधानले सबै मानिस समान हुन् र कसैले कसैलाई छुवाछुत वा जातिय आधारमा विभेद गर्नु हुदैन ।यस्ता विभेद गर्ने व्यक्तिका लागि सजाय र जरीवाना तोकिए पनि समाजमा अहिले पनि जातिय विभेद हुदै आएकोले दलित समुदाय जस्तै मुसहर ,डोम ,चमार ,हलखोर , खत्बे , तत्मा , दुसाद , जसलाई सामाजिक संरचनाको पिंधमा राखि अपमान जनक जिवन जिउन बाध्य बनाउदै आएको देखिन्छ । हाम्रो सामाजिक संरचना माथी बाट परिवर्तित भएको देखिए पनि भित्र त्यतीनै विभेद र असमानता रहेको पाइन्छ ।

हाम्रा सम्बादाता सन्जु कुमारी दासको अनुसार सिरहाको गोलबजार नगरपालिका ५ असनपुर मगर टोलमा मुक्ति नेपाल द्वारा गठित दुर्गा महिला समुह र मुक्ति नेपालका टीम लगायत आज करीब ६० जनाको सहभागितामा ५९ औं अन्तराष्ट्रिय जातिय उत्पिरण दिवस २०८० को अवसरमा जातिय छुवाछुत विरुद्ध जातिय विभेद अन्त्य गरौं , सामाजिक सदभाव कायम गरौ र शान्ति निर्माणमा सहयोग गरौं भन्ने मूल नाराका साथ जनचेतना मुलक रैलि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लिङ्ग , जात र धर्मको नाममा हुने भेदभाव अन्त्य गरौं । जातिय छुवाछुत अन्त्य गर्न आफै बाट सुरु गरौं । जस्ता नारा लगाउदै असनपुर देखि सुरु भइ हवेली टोल हुदै गोलबजार ४ को रामप्रताप रामप्रसाद तामाङ बहुमुखि क्याम्पस साविक ५ नम्बरको वडा कार्यालय हुदै असनपुर मगरटोलको समुदायिक भवनमा पुगी अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । 

रैली हुदै गर्दा एक जना गैर दलित महिलाले भन्दै गरेको भनाई आईसँ बभिनिया बैन जेतइ , कतबो चिचियेतइ त आईर तोर सकतै ? आइर तोइरक सबटा कीत्ता इहे सब जोतत्तै ” एके चासमे सबटा मिला देतै त होतई ? ” यस्ता भनाई सुन्दा अझै पनि हामी १८औं शताब्दीमै बाची रहेको महसुस हुन्छ।आयोजक संस्थाका कार्यक्रम सन्योजक धिरेन्द्र साहले भन्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अनिता महरा भन्नु हुन्छ , हामीलाई कम ज्यालामा काम गराउने गरेको र आफ्नो आवश्यक्ता अनुसार छुत अछुत मानने र मनाउने गरेको बताउनु हुन्छ। उनको अनुसार चामलमा भएको भुस सफा नहुन्जेल त्यो चामल छोइदैन तर जब हामी चामल केलाई दिन्छौं, खान लायक बनाई दीन्छौ तब त्यही चामल पवित्र र हामी अपवित्र हुन पुग्छौ । यो एउटा उदाहरण मात्र हुन् यस्ता भोगाई उनीहरु संग कति छन कतित्यस्तै विजय महरा भन्छन् हामीलाई भोज भतेरमा त दस पाईला परै राख्ने गर्छन। निम्तो दिए पनि सबैले खाए पछाडी खुवाउछन् त्यसमा पनि भोजमा पाकेको सबै परिकार दिइदैन।

कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु द्वारा उनीहरुले भोग्दै र गर्दै आएको क्रियाकलापमा केही सुधार ल्याउदै जाति जाति बीच बनेको खाडललाई पुर्न सक्ने बताउदै प्रत्येक जातिले त्यो चाहे दलित होस् वा गैर दलित, अरु जातिलाई कि त आफु भन्दा ठुलो की त आफु भन्दा सानो मान्दै आएको छ र एक अर्का संग छुत अछुतको व्यबहार गर्दै आएको बताएका छन।

त्यसैले आफै बाट सुरु गर्नु पर्छ भन्ने बुझाई लाई साझा गर्दै , दलित भित्र पर्ने विभिन्न जात जाति लाई एक भई अगाडी बढ्नु पर्ने र त्यसको शुरूवात त सामुहिक शान्ति भोज गरी गर्ने निर्णय सम्पुर्ण सहभागीले गरेको छ । उक्त भोजमा दलित गैर दलित सबै जना एकै ठाँउ एउटै भाडो र सबैको समान सहभागितामा खीर पकाई खाने र छुवाछुत विरुद्ध आ आफ्नो सफर अगाडी बढाउने भएका छन। यो भोज यही चैत्र १४ गते बुधवारका दिन गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤