ताजा समाचार

भगवानपुर गाउँपालिकाद्वारा बिओपी ठाडीका डिएसपी भट्टको बिदाई कार्यक्रम

  • चैत ६, २०८०
  • १३८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र ६। मधेश प्रदेशको सिरहा जिल्ला सिमावर्ती ठाडी बिओपीबाट सरुवा भएका डिएसपी दुर्गा प्रसाद भट्टलाई विदाई कार्यक्रम आयोजना गरेको थियो । पालिकाले सोमबार सानो कार्यक्रम गरि डिएसपी भट्टलाई विदाई गरेको हो । सो कार्यक्रममा भगवानपुर गाउँपालिकाका प्रमुख उग्रनारायण यादव , प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरी , सूचना अधिकारी विजय कुमार यादव सहितका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भट्टले ६ महिना ठाडीमा रहेर शान्ति सुरक्षामा बिओपी ठाडीको नेतृत्व सम्हालेका थिए ।

ठाडीमा बसाईको क्रममा नगरमा पु¥याउनु भएको सेवाका लागि पालिकाका प्रमुख उग्र नारायण यादवले पालिकामा समग्र भगवानपुर पालिकाको तर्फबाट आभार व्यक्त गरे । डिएसपी भट्टले ६ महिना छोटोरुपमा बितेको र यहाका जन्ताहरु एकदमै होसियार बुद्धिमानका ममतालु  रहेको  बताए । उनले भगवानपुर ठाडीमा आउनु अघि गाह्रो हुने चर्चा सुने पनि भगवानपुर ठाडीबासीको साथ र सद्भावले सहज भएको अनुभव सुनाए । ‘भगवानपुरको बारेमा चर्चा सुनेको भन्दा फरक भगवानपुरवासीको साथ र सद्भाव पाएँ, जसले गर्दा मलाई अत्यन्तै सहज महशुस भयो । यो ६ महिना ६ दिन जस्तो छोटो महशुस भएको छ,’उनले भने ।

डिएसपी भट्टले शुरुमा भगवानपुरको ठाडी आउदा सबैलाई चिन्न गाह्रो भए पनि आजको विदाई कार्यक्रममा सबैको माया पाउ“दा आफूलाई गौरन्वान्वित महशुस गरेको र जिम्मेवारी बढेको अनुभूति भएको बताए । पालिकाका प्रमुख उग्र नारायण यादवले डिएसपी भट्टलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤