ताजा समाचार

सिराहाको बरियारपट्टीसहित अधिकाँश नाकाबाट प्रहरी प्रशासनकै संरक्षणमा व्यापक भन्सार छली

  • फागुन ३०, २०८०
  • १५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ लहान, फागुन ३० गते । सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा अबस्थित सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीमा दिनहुँ तस्करी र भन्सार छलीको रजाइँ देखिन्छ । बरियारपट्टी गाउँपालिकामा रहेको सो सशस्त्र प्रहरी बल बियोपि बरियारपट्टी र इलाका प्रहरी कार्यालय बरियारपट्टीका सव इन्सपेक्टर स.ई. तस्करहरुसँग जनहीरुपमा मासिक लाखौं रकम बुझेर तस्करीलाई बढावा दिएको स्थानीयले आरोप लगाएका छन् ।

यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भन्सार छली र तस्कर गराउने कार्यमा सक्रिय देखिन्छ । व्यापकरुपमा भन्सार छली भई रहँदा सरोकारवाला निकाय किन बेखबर छन् ? यो सँगै बियोपि बरियारपट्टी र प्रहरी चौकी जानकीनगर, इलाका प्रहरी कार्यालय महेशपुर पतारी, नवराजपुर , माडरसहित अधिकाँश नाकामा मासिक हजारौं रुपैयाँ देखि लाखौं रुपैयाँसम्म असुली गरेर दिनरात नाका खुल्ला गरिएको एक स्थानीयले बताए ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर -३ का वडाअध्यक्ष विनोद कुमार यादव भन्छन् " इलाका प्रहरी कार्यालय बरियारपट्टीका सव इन्सपेक्टर (स.ई.) पैसाको चलखेलमा स्थानीयलाई सताउने त्रसाउने गर्छन् । वहाँलाई पैसा दिनुस् मालसामान लग्नुस् - मानसिकताका व्यक्तित्व हुनुहुन्छ । उनले पैसाका लागि सर्वसाधारणसँग अनेकन बहाना बनाउँछन् नत्र भन्सार कटाउन भने गर्दै आएका छन् । बरियारपट्टीका स्थानीय वडाअध्यक्ष विनोद कुमार यादवका अनुसार (स.ई) लेदिनहुँ हजारौं बोरा आलु प्याज समात्छन् तर, भन्सारमा बुझाउँदैन् । घुप्पचुप्प लेनदेन गरेर छोड्छन् ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीका (स.ई) यादव व्यक्तिगत स्वार्थमा लिप्त, गरिब, दीन दुखीलाई सताई रहँदा स्थानीयहरु आक्रोशित छन् । सर्वसाधारण जनताबाट प्रहरीले पैसा तान्छन् असुली गर्छन् तर, नियमन र अनुगमन गर्ने निकाय सिराहाका सिडियो बासुदेव दाहाल र एसपी संतोष आचार्य निष्कृय र चासो विहीन देखिएको छ । गए राति सोमबार सिडियो एसपीको टोली बोर्डरमा पुगेछि ठुला व्यापारीहरुको भगाभागल भएको थियो । त्यस लग्त्तै, सशस्त्र प्रहरीले २ लाख बराबर मुल्यको लत्ताकपडा समातेका थियोे ।

भारतीय बजार लदनियाँबाट दैनिक उपभोग्य सामाग्रीहरु भारतीय बजारबाट किनेर ल्याउने क्रममा नियन्त्रणमा लिएर दु:ख दिने,पैसा तान्ने प्रयास गर्छन् । बिहान हुने बित्तिकै हजारौं मोटरसाइकल, साइकलले छरछिमेक गाउँका मेलाझै किसान उपभोक्तहरु भारतीय बजार लदनियाँ बजार पुग्छन् । उनीहरूले सामान किन्छ, नेपाल छिराउने बितिक्कै बोर्डरमा पैसा तान्ने जोगाड खोज्छन् । पैसा नदिए पछि भन्सार काटेर जानुस् प्रहरी जवानले भन्छन् । दिनहुँ करोडौंको मालसामान आयात निर्यात हुने नाका बरियारपट्टी नाका हो । तथापि, तस्करी र प्रहरीकै संलग्नतामा भन्सार धन्दा नरोकिनु आफैंमा लज्जास्पद पनि हो !

यो सँगै, बरियारपट्टी नाकाबाट दिनरात तस्करहरुले भारतीय बजार लदनियाँ बजारबाट जुत्ता, कपडा थान, चिनी, प्याज, चामल , लोहा हार्डवेयर आदि सामग्रीहरु गैरकानुनी रुपमा नेपाल छिराउँदै आएका छन् । भने अर्कोतिरबाट - नेपालबाट फलफूल नास्पति, छहोरा, मटर, मरिच, फेसियल क्रिम लगायतका पाउडर र सौर्न्दर्य सामाग्रीहरु भारत छिराउँदै आएका छन् । यस विषयमा ईलाका प्रहरी कार्यालय बरियारपट्टीका ( स.ई) र सशस्त्र प्रहरी निरीक्षक सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउँन चाहेन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤