ताजा समाचार

सिरहामा घाँस लिन गएकी पत्नीको हँसियाले घाँटी रेटेर हत्या

  • फागुन २७, २०८०
  • ३१७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
सिराहा - सिरहामा घाँस लिन गएकी आफ्नै पत्नीको पतिले हँसियाले घाँटी रेटेर हत्या गरेका छन् । सिरहाको सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेका हुन।

सिरहाका एसपी सन्तोष आचार्यका अनुसार घाँस लिन कमला नदीको बगरतिर गएकी निर्मलाको आज अपराहन्न ४ बजेतिर घाँटी रेटेर हत्या गरेका हुन। घटना लगतै पति रामउदगारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको एसपी अचार्यले बताए।

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका ६ की ३५ वर्षीय अनिताकुमारी साहको राति हत्या भएको थियो । सुतेकै कोठामा सिलौटाको लोढा (ढुंगा) र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤