Siraha Times
ताजा समाचार

श्रमिक महिलाको सम्मान र अन्तरकृया गरी मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

  • फागुन २६, २०८०
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ फाल्गुन । आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा सिरहा नगरपालिकाको आयोजना र , जिल्ला प्रहरी कार्यालय , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा सिरहा , मुक्ति नेपाल ,ओरेक नेपाल , महिला मानव अधिकार रक्षक सञ्जाल ,इन्सेक ,दलित जनकल्याण युवा क्लब , UNOPS लगायत दर्जनौ संस्थाहरुको समन्व्य र सहकार्यमा आयोजना गरी , विभिन्न क्षेत्रका श्रमिक महिलाको पहिचान गरी ५ जना श्रमिक महिला जो कुनै न कुनै व्यबसाय गरी समाजमा स्थापित हुन सफल भएकी छिन् उनलाई सम्मान गरी भव्यताका दिवस मनाएको छ । 

सम्मानित हुनेमा लाह चुरा बनाउने व्यवसायी सिरहा नगरपालिका १२ सारस्वरकी निर्मला ठाकुर र सिरहा न.पा. ८ सारस्वरकी जगतरैन दास, चना - चटपटे व्यबसायी सिरहा न.पा.१० नरहिया की जुरनी देवी मुखिया ,चिया - नास्ता व्यबसायी सिरहा न.पा.१ की पिंकी साह र सिलाई कटाई व्यबसायी सिरहा न.पा.११ भलुवाही की समुन्द्री दास सम्मानित हुनु भएको जानकारी हाम्रा सम्बादाता सन्जु कुमारी दासले दिएकी छिन। त्यस्तै गोलबजार नगरपालिकामा गोलबजार नगरपालिकाको आयोजना र मुक्ति नेपाल लगायत केही संस्थाको समन्व्य र सहकार्यमा रैली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले यो दिवस किन र कसरी मनाउन सुरु भयो विषयमा प्रकाश पार्दै अहिलेको महिलाको अवस्था बारे भन्दै, घरेलु श्रमिक महिलाको काम र उनीहरू संग गरिने व्यबहार जो की बिहान देखि बेलुका सुत्नु अगाडि सम्म गरेको कामको कुनै मूल्यांकन नभएको र प्रायः महिला श्रमिक हरुलाई समान कामको समान ज्याला नरहेको र घर घरमा गई झारु - वर्तन गर्ने महिला जो बिरामी हुँदा पनि बिदा पाउँदैन बिदा बस्यो भने त्यसको ज्याला काटिन्छ र गाली खानु पर्ने अवस्था रहेको बताएकी छिन।

सम्बादाता दासले दिएको जानकारी अनुसार अध्यक्ष महराले अगाडी थप्दै घर भित्र काम गर्ने महिलालाई दिने ज्याला पनि महिनाको हजार देखि दुई हजार मात्र हुने जस्ता समस्या भोग्दै आएको छ । श्रमिक महिलालाई ट्रेड युनियन संग जोडेर कसरी सामाजिक सुरक्षा कोष संग जोड्न सकिन्छ।त्यस तर्फ स्थानिय सरकारले आफ्नो नीतिगत योजना बनाउनु अहिले को आवश्यकता रहेको बताउनु भयो। सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले हाम्रो संविधानमा तोकिएको महिला सम्बन्धि हक अधिकार सुनिश्चित गर्न भएको प्रावधानको कार्यान्वयन हुनु आवश्यक रहेको बताएका छन। गोलबजार नगरपालिकाको अन्तरक्रिया कार्यक्रममा उत्तिमलाल मेमोरियल हस्पिटलकी सञ्चालक डा. शुशिला सिंहले महिलाको सवाललाई हेर्दै उनको क्लिनिकमा प्रत्येक बुधबार नि: शुल्क जाँच गर्ने र गर्भवती महिलाको जाँच र प्रसव नि: शुल्क गरिने घोषणा गर्ने बताएकी छिन। 

त्यतै गोलबजार नगरपालिका प्रतिनिधि महिला सम्बन्धि समस्या समाधानका लागि महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई टेस्ट समस्या पहिचान गरी आगामी योजनामा के कस्ता कार्यक्रम वा नीति समावेश गर्नु पर्छ भनी सलाह सुझावको अपेक्षा राखिएको थियो भने , इलाका प्रशासन कार्यालय गोलबजारका प्रमुख सुनिल कार्कीले समुदायमा भएको घटनाको सूचना बढी महिला दिदीबहिनी संग भएकोले हामीलाई नलुकाई खबर गर्नु हामी न्याय दिन २४ सौ घण्टा तयार रहेको र कुनै समस्या भएमा हामी हरपल तपाईंको साथमा छौ भनी वाचा गर्नु भएको छ। 

त्यस्तै गोलबजारका निमित्त प्रमुख सुबोध कुमार लामाले समानताको लागि प्रत्येक घर बाटै सुरुवात गरी ११५ औं महिला दिवस सम्म यस्ता विभेद हटाउने तिर हामी सबै मिलेर लाग्नु पर्ने बताउनु भएको हो ।अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु कहि कतै बाट सूचीकृत भएको देखिँदैन यस तर्फ निकायको यथाशीघ्र ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१