सिरहा प्रहरीमा पीडित चौधरीको धर्ना, मिटरब्याजीलाई चोरबाटो उन्मुक्ती

  • फागुन २५, २०८०
  • १८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान,२५ फागुन । पटक पटक छलफल गरिएपनि सिरहा प्रहरीको कमजोरीले मिटरब्याज पीडित सबुरीदेवी चौधरीले न्याय नपाएपछि उनकी छोरी धर्नामा बसेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि फागुन २४ गते साँझबाट न्यायको लागि धर्नामा बसेका छन् । उनकी छोरी सुलेखा चौधरीसहित आधा दर्जन महिला मिटरब्याज पीडितहरु धर्नामा बसेको मिटरव्याज पीडित संघर्ष समितिका श्यामकुमारी चौधरीले बताइन् ।

यसअघि उनीहरु ईलाका प्रहरी कार्यालय लहान अगाडि धर्नामा बसेका थिए । त्यहाँबाट फागुन २३ गते राती मिटरब्याजी उमेश साहलाई नियन्त्रण लिएर छलफलबाट न्याय दिलाउँने भन्दै धर्नाबाट उनीहरुलाई एक समूहले उठाएर लगेका थिए । आज जिल्ला प्रहरीमा छलफलमा निर्णय वेगर मिटरब्याजी उमेशलाई साँझमा चोरबाटो रिहा गरेपछि पीडित थप आक्रोशित भएर धर्नामा बसेको स्रोतको दावी छ । जिल्ला प्रहरीको कम्पाउण्डभित्र स्र्कोपियो छिराएर उमेशलाई प्रहरीले उम्काएको पीडितपक्षले बताए ।

पीडित सुलेखाले ‘न्याय नपाउँन्जेल प्रहरीकै अगाडि बस्ने मर्ने ’ ‘नेता र मन्त्रीको दवावमा उमेशलाई छाडेको हो ।’ ‘कानुनी राज्यमा पीडितले कहिलेसम्म दुख पाउँने हो ?’ उता, एसपी सन्तोष अर्चायले ‘ केही भन्न सकिदैन, म कार्यक्रममा छु ।’ ‘पछि कुरा गरौला ।’ भन्दै फोन काट्नु भयो । प्रहरी स्रोतका अनुसार छलफलको लागि पूनः मंगलवारको समय तोकिएको छ ।

यस अघि आफ्नो घर फिर्ता गर्न जाँदा साहुपक्षले लहानमा कुटपिट गरी पाँच जनालाई घाईते बनाएको थियो । पीडितपक्षका सुरेखा चौधरी, लहान ३ की पार्वती महतो, लक्ष्मीपुर पतारी २ का श्रीप्रसाद सिँह, लहान ११ की रामकुमारी साह, सिरहा हकपडाकी पुनिता यादवलाई मरनासन कुटपिट गरेको छ । कुटपिट गर्ने उमेश साह, लिलम साहलगायत ६—७ जनाको समूहले धारिलो हतियार प्रयोग गरी कुटपिट टाउँको फुटाएको छ ।

मिटरब्याजी उमेश साहसँग सबुरीदेवी चौधरीले २०७३ असोज १२ गते २६ लाख रुपैयाँ ब्याजमा लिएका थिए । ऋण वापत चौधरीले साढे १० धुरमा निर्माण भएको घरसहित नामसारी गरि दिएका थिए । करिब ६ महिनापछि चौधरीले ऋण ब्याज चुक्ता गर्न जाँदा उमेशले यो घरजग्गा किनेको हुँ भन्दै फर्काएका थिए । सो घर जग्गा फिर्ता लिन जाँदा फागुन २२ गते झडप भएको हो । झडपमा पीडितपक्षका ६ जना गम्भिर घाईते भएको छ भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका थिए । पीडितपक्षले ज्यान मार्ने उद्योग मुद्दाको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिँदा दर्ता नगरेको गुनासो छ । उता, पीडितपक्षले मुद्दा दर्ता गरी घरजग्गा फिर्ता दिलाउँन माग गर्दै ईलाका प्रहरी कार्यालय लहानमा धर्नामा बसेका थिए । लहान प्रहरी छलफल समेत गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१