Siraha Times
ताजा समाचार

नेपाल प्रेस युनियन सिरहाको पद्स्थापना सभापतिमा दहाल

  • फागुन २०, २०८०
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एलबी यादव लहान । नेपाल प्रेस युनियन सिरहा शाखा का पदाधिकारीहरु हिजो फाल्गुन १९ गतेदेखि कार्यभारको जिम्मेवारी पाएका छन्।नेपाल प्रेस युनियन सिरहा शाखा पद्स्थापना समारोह कार्यक्रम मार्फत हिजो २०८० फाल्गुन १९ गतेदेखि पद्स्थापन भई औपचरिक पदिय जिम्मेवारी पाएका हुन् । सिरहा लहानको उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २:५० बजे सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन सिरहाका वर्तमान सभापति निर्मला कुमारी दाहालले गरेका थिए भन्ने प्रमुख अतिथिमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्ण,विशष्ट अतिथिहरुमा प्रेस युनियनका मधेष प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ,नेपाली काँग्रेस लनपा नगर सभापति संजय यादब लगायत थिए भने अतिथिहरुमा नेपाल प्रेस युनियन मधेष प्रदेशका उपाध्यक्ष रमिता नेपाल,नेका सिरहा निक्षे नं.१'क' का सभापति संतोष उपाध्याय,सप्तरी प्रेस यनियन अध्यक्ष विनय कर्ण, प्रेस युनियन सिरहाका पूर्व अध्यक्षहरु उद्धव हमाल,राम बाबु यादब,सत्य नायण चौधरी लगायत,एभरेष्ट क्याम्पसका  प्रिन्सिपल चक्रपानी दाहाल,नेपाल ट्रेड युनियन सिरहाका अध्यक्ष संजिब उपाध्याय, गोरखापत्रका लहान संवाददाता जीबछ उदासी,एबि न्युज 24K का चिफ एडभाइजर एलबी यादब,रासस सिरहाका प्रमुख सुदिप राउत ,समाद एफएमका सहायक प्रबन्धक अनिल चौधरी लगायतका संचारकर्मीहरु सहित४०/४५ जनाको उपस्थिति देखिएको थियो ।

पदस्थापित पदाधिकारीहरुमा सभापति निर्मला कुमारी दहाल, उप सभापति शम्भु कुमार यादव, समावेशी महिला उप सभापति: एलिना हिङमाङ चौधरी, सचिव दिलीप कुमार सहनी, सह सचिव बद्री नारायण यादव, कोषाध्यक्षअनुपम झा, सदस्यहरु नविन कुमार चौधरी, ,पंकज यादव,एम. महतो,मुकेश कुमार यादव,आशीष कुमार शाह ,नरेश चन्द्र बरबरिया र शशी मण्डल लगायत हुन्।  कार्यक्रमको बिचबिचमा एभरेष्ट माविका छात्राहरुले कलात्मक नृत्य गरेका थिए ।    

प्रमुख अतिथिको आसनबाट बोल्दै कर्णले नेपाल प्रेस युनियन नेकाको भातृ संगठन नभएर असल शुभचिन्तक रहेको जनाउदै अगामी हुने महासंघको निर्वाचनपछि प्रेस युनियनको नेतृत्वमा महाँसंघ आउने गरी सबैलाई लाग्न पनि आग्रह गर्नुभयो ।त्यस्तै लहान नगर अध्यक्ष संजय यादबले पदस्थापित सम्पूर्ण पदाधिकनरीहरुलाई सत्य रनिष्ठामा आधारित लोकतन्त्रको रक्षाको लागि कलम चलाउन सुझाव दिनुभयो।त्यस्तै सिरहा युनियनका निवर्तमान अध्यक्ष भरत जर्घा मगरले विदाई मन्तव्य,वर्तमान अध्यक्षले स्वीकारोक्ति सहितको समापन मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१