ताजा समाचार

नवलपरासीमा दुई महिनाको अवधिमा ३ वटा विद्युत ट्रान्सर्फमर चोरी 

  • फागुन १, २०८०
  • ७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / फल्गुन १ । पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी भएका छन ।ट्रान्सर्फमर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन । गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छ्न । झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको  वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो ।गहु र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

उक्त क्षेत्रको सिचाईका लागि भुमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईका लागि बोरिङ निर्माण गरिएको थियो । यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण  बर्दघाट बितरण केन्द्रले जनाएको छ । ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुदा ट्रान्सर्फमर चोरी हुने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤