ताजा समाचार

लहान नगरपालिका ९ गोठका मा.विमा प्र.अ. मण्डलको विदाई

  • माघ २४, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २४ माघ । श्री माध्यमिक विद्यालय लहान गोठका मा.वि.प्रा .अ. नेमधारी मण्डललाई सम्मान सहित विदाई गरिएको छ । उहाको उमेर हदका कारण अनिवार्य अवकास पाएपछि विद्यालयले बुधवार एक कार्यक्रमका विच विदाई गरेको हो । सो विद्यालयमा उहा ५ वर्ष अध्यापन गराएर अनिवार्य अवकास लिनु भएका हुन् । लहान वडा न०९ विद्यालय व्यवस्थापन समितिका श्भापति भगवती प्रसाद चौधरी , लहान वडा न० ९ का वर्तमान वडा अध्यक्ष घुरन थारु , भूतपूर्व प्र.अ. राज कुमार मल्ल , वर्तमान प्र.अ. अरुन प्रसाद गिरि,सहितले दोसल्ला तथा मायाको चिनो सहित ओढाएर विदाई गर्नुभयो । 

मण्डल दिघवा विद्यालय धनकुटाबाट २०७५ साल चैत महिना यस विद्यालयमा प्र.अ. पदमा आएर विद्यालयको दिशा बदलिएको थियो उहा आउनु भन्दा पहिला विद्यालयको अवस्था दैन्य रहेको थियो विद्यालय व्यवस्थापन समितिका सभापति भगवती प्रसाद चौधरीले विदाई कार्यक्रममा थपेका थिए । नयाँ प्र.अ.को रुपमा विद्यालयले अरुन प्रसाद गिरिलाई पाउनु भएको छ उहा पशुपती आदर्श मा.वि. लहानबाट भदौ महिनामा सरुवा भएर आएका थिए । उहा प मा वि मा निरन्तर २४ वर्ष सम्म विज्ञान वविषयको शिक्षक भएर काम गर्दै आउनु भएका थिए । मन्तव्यकै क्रममा भने आफू खुशी त पक्कै पनि छैनौ तर के गर्नु नेपाल सरकारको नियमलाई मान्नै पर्ने हुन्छ त्यही क्रममा आफू अझै उहासङ सिक्ने अनेकौ कुराहरु थियो तर उहाको आज विदाइ गर्दा आफू दुखी भएको बताए । 

वि. व्य. समितिका अध्याक्ष भगवती प्रसाद चौधरी को प्रमुख अतिथीमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका छात्रा जयन्ती कुमारी चौधरी भने मण्डल सर आफ्नो कार्यकालमा सराहनिय काम गर्नु भएको दावी गरे त्यसै क्रममा छात्र रोशन कुमार महतोले आजको यस विदाइ कार्यक्रममा आफू निक्कै नै दुखी छु उहाँ आए देखिनै यस विद्यालयको व्यवस्था तथा वातावरणमा सराहनिय योगदान दिएको र आज उहा हामीलाई छोडेर जादैहुनुहुन्छ त्यस हुनाले म एकदमै दुखी छु । 

राज कुमार मल्ल भुपु वडा सदस्य तथा यसै विद्यालयका प्र. अ.थपे पहिला कक्षा ५ सम्म भएको विद्यालयलाई कक्षा १० सम्म बनाउने नायक प्र अ को जति प्रसंशा गरे पनि कमै हुन्छ होला र अशा विश्वास गर्न चाहन्छु कि यस विद्यालयलाई माध्यमिक मात्र नभई उच्च माध्यमिक विद्यालय बनाउनु पर्छ भने आशा र विस्वाश राखेको छु । घुरन थारु वडा न. ९ का अध्यक्ष :- विदाइ हुनु र नियुक्ती हुनु कुनै नौलो कुरा होइन यी सब जब सरकारी जागिर खायो कि अवकास पनि पक्कै नै हो र म यो विदाइ कार्यक्रम एक वर्ष पहिला नै हुनुपर्ने ठाउमा आज एक वर्ष ढिलो हुन पुगेमा हामीमा नै कमजोरी भएको महसुस भएको छ । र उहाको यश विद्यालय प्रतिको योगदानलाई नविर्सिने मेरो व्यक्तिगत ठहर रहेको छ । आफू जहिले पनि आशावादी छु कि कुनै पनि कानून अन्तर्गत हुने काममा सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤