ताजा समाचार

सिरहामा जाडो छ्ल्न मुसहरबस्तीमा न्यानो कम्बल बितरण

  • माघ १५, २०८०
  • १०५५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा माघ १५ गते । सिरहा नगरपालिकाको वडा न.१७ खैरटोकाका बिपन्न परिवारलाई जाडो छल्न जिल्ला विपद व्यवस्थापन समिति सिरहाले न्यानो कम्बल बितरण गरेका छन ।  खैरटोकामा रहेको मुसहर बस्तीमा करिव १५ घर परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।   मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएको सिरहा नगरपालिका वडा न.८ महिसोथा र वडा न.१७ खैरटोकाका अति विपन्न परिवारलाई वितरण गरेको सिरहा का प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिएका छन ।   

मुसहर बस्ती खैरटोकाका बिपन्न परिवारमा रहेका स-साना बच्चाहरुको लागि पनि न्यानो कपडा उपलव्ध गराउने पनि बताए । कम्बल बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे ,सशस्त्र प्रहरी बल सिरहाका गणपति शिव गैरे ,अनुसन्धानका एसपी देवराज लिम्बू ,नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक रबिन्द्रराज पाण्डे लगायत नेपाल प्रहरी ,सशस्त्र प्रहरीका जवानहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤