ताजा समाचार

समाजवादी प्रेस संगठन पर्साको सम्मेलनबाट अध्यक्षमा मियाँ, उपाध्यक्षमा कुशवाहा र सचिवमा यादव

  • माघ १२, २०८०
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १२ माघ । समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ । वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सह–सचिवद्वयमा श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया, सदस्यहरुमा अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, दिपक चौरसिया, बिरेन्द्र भट्टराई, छोटु रौनियार, मयन्क गुप्ता, रोशन कुमार, आकाश पटेल, राजकिशोर भगत, सागर कुमार, अरुण कुमार, जितेन्द्र कुमार, बिनय कुमार मुखिया सर्वसहमत चयन भएका छन् ।

विशेष जिल्ला सम्मेलनका संयोजक आशमहम्मद मियाँको सभापतित्वमा सम्पन्न सो सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी पर्साका सचिवालय सदस्य एवं केन्द्रिय प्रचार विभाग सदस्य राघव साहले नवनिर्वाचित समितिलाई शपथ खुवाएका थिए । शपथ खुवाउदै प्रमुख अतिथि साहले यस जिल्लाका समाजवादी प्रेस संगठनलाई भाडभैलो मच्चाउन पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा र संगठनका महासचिव रामकुमार ऐलन तथा केही कुतत्वहरु करिब एक वर्ष देखि लागेको हुनाले पर्साको संगठन कमजोर भएको बताए । संगठनका केन्द्रिय सल्लाहकार समेत रहेका साहले वीरगंजमा केन्द्रिय पदाधिकारीहरु आईसकेको अवस्थामा दुबै पक्षको समस्या समाधान गरी एउटा आयोजक कमिटी बनाएर एकै थलोमा सम्मेलन गर्ने निश्चित जस्तै भए पनि पार्टी अध्यक्ष थापा र महासचिव ऐलनको लहलहैमा लागेर संगठनका अध्यक्ष विश्वमणी सुबेदीले एकपक्षिय सम्मेलनमा सहभागी हुनुले संगठनको लागि हित नदेखिएको बताए ।

अध्यक्ष सुबेदीले एक पक्षिय सम्मेलनको सुरसार सुरु गर्न थाले पछि दुई चार जना बाहेक बाकी पदाधिकारीहरु सम्मेलनमा सहभागी नभएको चर्चा गर्दै साहले आशमहम्मद मियाँ नेतृत्वको बहुमत पक्षलाई कदर गरी मैले यहाँहरुको सम्मेलनमा सहभागी भएको बताए । संगठनका प्रायः नेताहरु वीरगंजमा आएर पनि एउटा जिल्लाको समस्या समाधान गर्न नसक्नु दुःखद पक्ष रहेको औल्याउदै साहले अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन रहेको जिकिर गरे । साहले समाजवादी प्रेस संगठन नेपाल श्रमजिवि पत्रकारहरुको संगठन रहेकोमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤