ताजा समाचार

प्राण प्रतिष्ठाको अवसरमा नवलपरासीमा भव्य र्याली सहित कार्यक्रम सम्पन्न

  • माघ ११, २०८०
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,माघ ११ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी लगायतको क्षेत्रमा भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा आयोजित धार्मिक र्याली सहित कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । प्राण प्रतिष्ठाको अवसरमा सदरमुकाम परासी स्थित जम्मा भएका भक्तजनहरूको बाक्लो उपस्थिमा स्थानिय घन्टाघरबाट बाजा गाजा र धार्मिक झाँकीसहित निकालिएको विशाल र्याली महेशपुर , हकुई, बुद्ध चौक लगाएत सदरमुकामका विभिन्न टोल बस्तीहरू परिक्रमा गरेको हो ।

हजारौंको संख्यामा सहभागी भएका भक्तजनहरूको सामूहिक जय जयकारले नगर एकातिर गुज्यमान भएको थियो भने अर्कोतिर नगरमा सजाइएका सुन्दर झण्डाहरु को मनमोहक दृश्यले परासी लगाएत स्थानीय टोल बस्तीहरू सिंगारिएका थिए । र्यालीसंगै करिब तीन किलो मीटर सम्मको बाईक र्याली पनि निकालिएको थियो । बिहान करिब १० बजेको समयबाट शुरू भएको र्यालीमा सहभागिताका लागि भक्तजनहरू जिल्लाका विभिन्न ठाउँहरूबाट आएका थिए ।

सदरमुकाम परासी स्थितका विभिन्न मठ मन्दिरहरू लगाएत विभिन्न ठाउँहरूमा बेलुका करिब ५ बजेदेखि दीप प्रज्वलनको कार्यक्रम शुरू गरिएको थियो । धार्मिक र्यालीमा स्थानिय समाजसेवी, बुद्धिजीवी, लगायत विश्व हिन्दु परिषद पछिम नवलपरासी , वाडा नम्बर २ का वाडा अध्यक्ष निरज रौनियार, स्थानिय युवाहरु माही रफ्तार (सुरज ), दिपक सहनी,अभय यादव ,सन्तोष सहनी , वसन्त गोसाई ,अजय यादव लगाएतको समेत सहभागिता रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤