सिरहाको सखुवानन्कारकट्टीमा कुलहारी प्रहारबाट देवर द्वारा भाउजुको हत्या

  • माघ ९, २०८०
  • १२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९ माघ सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा गाउँमा बस्ने अन्दाजी बर्ष २८ को मजेबुल रहमान(छुतहर) को काइलो छोरा मो० जियाउल राइनले आज बिहान करीब १० बजे आफ्नै जेठी भाउजु अन्दाजी बर्ष ३२ की तन्जीला खातुनलाई कुलहारी प्रहार गरी गम्भिर घाइते बनाएको र वडाअध्यक्ष रमेश कुमार यादव, पत्रकार रहमुलको पहलमा खातुनलाई तत्काल एम्बुलेन्स मार्फत लहान अस्पताल पुर्याएको थियो। गम्भिर घाइते खातुनको अस्पताल पुग्दापुग्दै मृत्यु भएको स्थानीय र परिवारजनले जनाएका छन।

कुल्हारी प्रहार गरेको स्थानीय छिमेकीहरुले देख्दा खातुनलाई बचाउन टाढा बाट दौडदा जियाउल त्यहाँ बाट भागेको थियो। त्यही बखत वाडा अध्यक्ष रमेश कुमार यादव गाउँका केहि बुद्धिजीवी सहित पत्रकार रहमुलको घरमा भएको पारिवारिक बादबिबाद मिलाउन पत्रकारको दर्वाजामा बसेको थियो।

घटनाको खवर सुन्ने बितिकै वडाअध्यक्ष सहित सबै जना गाउले घटना स्थल पुग्दा जियाउल नदेखे पछि अध्यक्ष यादवको पहलामा गाउँका युवाहरु र महेशवारी प्रहरीको सहयोगमा निज ज्याउललाई सप्तरीको थलहा टिकुलिया बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेसवारी हुदै लहान प्रहरीमा जिम्मा लगाइएको छ भने शवलाई पोस्ट मार्डम गरी निज मृतकको घरमा राखिएको छ। खातुनको श्रीमान सलिम राइन बैदेशिक रोजगारीको शिलशिलामा बिगत लामो समय देखि खाडी मुलुक कुवेतमा बस्दै आएका छन र भोलि पत्नीको अन्तिम संस्कार गर्न घरआउदैछन। खातुनको ७ बर्षको एउटा छोरा र ५ बर्षकी एउटी छोरी छिन।

देवर जियाउलको बारेमा भन्नु पर्दा उ सानै देखि उदण्द स्वभावको नशामा धुर्त रहने र गाउँ टोल बस्तिको किशोर र युवाहरूलाई लतमा फसाउने माहिर ब्यक्तिको रुपमा चिनिन्थ्यो। हुन त जियाउलको हत्या गर्ने प्यास पहिलो होइन उ पटकपटक घरका अरु अरु सदस्यहरुलाई ज्यान मार्ने प्रयास पनि गरेका थिए। उसको कारण अहिले धेरै किशोर र युवा लतमा फसेर समाजमा अनेक बिकृति फैलाइ सकेका छन। निज जियाउल परिवार र समाज बाट बहिस्कृत ब्यक्ति थिए र आज उ आफ्नै खराब गतिविधिका कारण हत्या केशमा कानुनको चपेटामा परेका छन।

जियाउलको कारण आज उसको घरमा बज्रपात भएको छ। मृतक खातुनको दुई छोराछोरी मात्रै टुहुरो बनेको छैन बल्की उसको पत्नी एउटा १४ दिनको छोरा समेत बेसहारा बनेका छन। र यी सब फसादको जड हो ड्रग्स जसको कारण आज एक जनाको गल्तीले दुईवटा घरपरिवार बर्बाद भएको छ। आमाबुवाको निगरानी बाट बाहिर रहेको सन्तानले आज यस्तो भयानक घटना घटाएको छ।

यो त एउटा उदाहरण मात्र हो जबकी यस्ता कयौ जियाउल यही समाजमा तैयार भएर घटना घटाउन तैयारीमा बसेको छ। हालको समुदायको अबस्था हेर्दा लगभग ७५% किशोर युवा लतमा फसेर अनेक बिकृति फैलाउदैछ्न। हरेक घरपरिवार हैरान परेसान छन तर सरकारहरु कानमा तेल हालेर सुतेका छन अनि कसरी बच्छन युवा कसले बनाउने हो देश ठुलो चिन्ताको बिषय बन्दै गैरहेको छ।

ड्रगिस्टहरुको कारण त अहिले फाट्टफुट्ट घटना घट्दैछन तर यसको जमात बढिरहेको क्रमलाई तत्काल ब्रेक नलगाए भविष्यमा हाम्रो समाज कता जाने हो अनुमान लगाउन गार्हो छ। यस प्रति तिनै तहको सरकार जाग्न जरुरी छ। लागुऔषध नियन्त्रण अभियान संचालन गरी टोल, बस्ती, समुदाय एकै चोटी उठ्न जरुरी छ अनि मात्र यो समुदायमा अमन चयन कायम रहन्छ नत्र समाज र देश कता जाने हो ठिकान छैन।

प्रतिक्रिया दिनुहोस

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१