ताजा समाचार

कांग्रेसका मन्त्री र प्रदेश सांसदका कारण प्रादेशिक अस्पताल गौरको अवस्था लथालिङ्ग भएको हाशमीको आरोप

  • माघ ६, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट ६ माघ। रौतहटको प्रादेशिक अस्पताल गौरको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हाशमीले नेपाली कांग्रेसका मन्त्री र प्रदेश सांसदका कारण प्रादेशिक अस्पताल गौरको अवस्था लथालिङ्ग भएको आरोप लगाएका छन् । मधेश प्रदेशका कांग्रेसका केहि मन्त्रीहरुले मानवको स्वास्थ्यसंग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीति गर्न खोज्दा र कर्मचारी हेरफेरमा अनावश्यक हस्तक्षेप गरेको कारण प्रादेशिक अस्पताल गौरको अवस्था नाजुक बनेको अध्यक्ष हाशमीले बताएका छन् ।

प्रादेशिक अस्पताल गौरको सभाहलमा आज शनिवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हाशमीले रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गर्न खोजेको आरोप लगाएका छन् ।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएका कारण अस्पतालको अवस्था कमजोर हुँदै गएको अध्यक्ष हाशमीले बताए । अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत रहेका छन् । दुबै जनामा चर्को विवाद रहेको छ ।

आफुले मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंहलाई कायम राख्न र पछि पठाइएका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई फिर्ता पठाउन स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि भौतिक पूर्वाधार मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको उनले बताए । प्रदेश एनमा प्रदेशमा कर्मचारी नभए मात्र संघको कर्मचारी राख्ने प्रावधान छ तर यहाँ पहिलादेखि नै कार्यरत मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह प्रदेशको कर्मचारी हुँदाहुँदै स्वास्थ्य मन्त्री सिंहले बलजबरजस्ती संघको कर्मचारी कृष्ण प्रसाद साहलाई टिकाएर राखेको उनले बताए ।

मन्त्री यादवले नियमले नै नमिल्ने अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा कृष्ण साहलाई नै राख्न चाहेकोले विवाद चुलिएको उनले बताए । संजीव सिंह एघारौ तहका कर्मचारी हुन भने कृष्ण साह दशौ तहका कर्मचारी हुन । साहभन्दा सिंह सिनियर कर्मचारी रहेकोले सिंहलाई नै मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ । दुइजना मेडिकल सुपरिटेन्डेण्ट एकै पटक हाजिर भएकोले कसलाई मेडिकल सुपरिटेन्डेण्ट राख्ने भन्ने विषयमा विवाद चुलिएकोले अहिले प्रादेशिक अस्पताल गौर मेडिकल सुपरिटेन्डेण्ट विहिन रहेको छ । मेडिकल सुपरिटेन्डेण्टको अभावमा पछिल्लो केहि महिनादेखी अस्पतालका कर्मचारी तलव पाउन सकेका छैनन ।

तलव पाउन नसकेका कर्मचारीहरु माघ ७ गतेदेखी आकस्मीक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरी बन्दहडतालमा उत्रने चोतावनी दिइसकेको कारण ठुलो समस्या उत्पन्न भएको उनले बताए । दुबै मेसु विच विवाद रहेकोले दुबैजनालाई फिर्ता बोलाई अरु कुनै मेसुलाई पठाइदिन आफुले स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गर्दा पनि आफना पार्टीका मन्त्रीहरुको दबाव र इशारामा कांग्रेसका स्वास्थ्य मन्त्री सिंहले अरु कुनै मेसुलाई पठाउन नचाहेको उनले बताए ।

डा. कृष्ण प्रसाद साहले विगतका दिनमा अक्सिजन प्लाण्ट खरिदमा लाखौं घोटाला गरेको आरोप लगाउँदै अध्यक्ष हाशमीले साहले गरेको घोटालाको छानविन हुनुपर्ने माग गरे । आफु अध्यक्ष भएदेखी नै अस्पतालमा सुधारको धेरै काम गरेको चर्चा गर्दै उनले आम नागरिकलाई बढिभन्दा बढि सेवा उपलब्ध गराउन विभिन्न सेवा विस्तार गर्नुका साथै कयौ उपकरण खरिद गरेको र विरामीहरुलाई बस्न भवनको समेत व्यवस्था गराएको बताए । आफुले गौर अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्य लिएपनि अस्पताल जस्तो ठाउँमा पनि केहि नेताहरुले राजनीति गर्न थालेका कारण अस्पतालको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको भन्दै उनले दुख व्यक्त गरे । आउँदो माघ ११ गतेसम्म मन्त्रालयले मेसुको विवाद सुल्झाएन भने आफु आवश्यक कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤