ताजा समाचार

साहुले हड्पेको घरजग्गा संघर्स समितिले आज कब्जामा लिए

  • माघ ६, २०८०
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ६ माघ । सिरहा जिल्लाको लहान नगरपालिका आज साहुले हड्पेको घरजग्गा अनिचित संघर्स समितिले आज कब्जामा लिए लहान ७ मा साहुले हड्पेको घरजग्गा अनिचित संघर्स समितिको आयोजनामा भएको आन्दोलन तथा मिटर ब्याज पीडितहरूको एक समूहले साहुले हड्पेको घर पिडितले आज  खाली गराएका छन् । साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्यामका दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् । ०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए । पटक पटक गरि  ब्याजसहित ऋण‌ चुक्ता गरेपनि घरजग्गा फिर्ता नगरेपछी ऋणी हिरालालको निधन भएको थियो  । चर्को ब्याजसहित रामबाबुले मलाई ५७ लाख तिर्नुपर्ने भन्न थाल्यो । त्यति रकम म तिर्न सकिनँ । पछि धाक धम्की लगाएर घर खाली गर्न लगायो । साहु रामबाबुले घर कब्जा गरेपछि आफू भाडामा बस्दै आएको थिए’, श्यामले नेपाल प्रेससंग भने, ‘रामबाबुले घर भाडामा लगाएको थियो । भाडामा बस्नेहरूलाई म पटक पटक खाली गर्न भन्दै आएका थियौँ ।

तर खाली नगरेपछि साथीहरूको सहयोगमा भाडेदारको सामानहरु बाहिर प्यासेजमा राखेर हामी बस्न सुरु गरेका छौँ । घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जवर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि असफल बन्यो । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न सयौँ मिटर ब्याज पीडितहरू पुगेका थिए । सिरहामा मिटर ब्याज पीडितहरूले साहुले हड्पेको सम्पत्ति फिर्ता लिने अभियान नै चलाएका छन् । यसअघि सन्हैठामा साहुले जग्गा कब्जा गरी लगाएको धान पीडितहरू भित्र्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤