ताजा समाचार

लागुओैषध सहित परासीबाट एक पुरुष पक्राउ

  • माघ ४, २०८०
  • ८५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ माघ ०४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाईपास चोकमा प्रहरीले लागुओैषध सहित मानिस पक्राउ गरेकाे छ । महेशपुरबाट पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा रुपन्देही देवदह नगरपालिका वडा नं १२ बस्ने वर्ष २१ को धरमवीर केवटलाई पक्राउ गरेकाे हाे ।

केवटले लगाएको ज्याकेटको दुबै खल्तीबाट प्रहरीले २/२ एम.एल. को नाेरफिन ५२ एम्पुल, दाईजापाम ५२ एम्पुल, फेनरागन ५२ एम्पुल, नाेरफिन स्टिकर ५४ पिस, टम्बाे कम्पनीको keypad माेबाईल १ थान र एन्ड्राेईड मोबाईल १ थान फेला पारेकाे थियाे । तत्पश्चात उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤