ताजा समाचार

माटोमा सडक ढलान निकाय मौन

  • माघ ३, २०८०
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ ३ । सर्लाहीको बरहथावा नगरपालिकामा एक सडक माटोमाथि ढलान गरिएको छ । परापुर्व कालमा बरहथवा छेत्रमा हाती लुक्ने बाह्र हात लामो खरको घाँसको धाडी बढी पाइने भएकोले सो क्षेत्रलाई बरहठा भन्ने गरिन्थ्यो पछि अपभ्रस भएर बरहथवा हुन गएको पाइन्छ । भौतिक पूर्वाधार अवस्थाको आधारमा नेपाल सरकारले २०७२ साल अशोज १ गते बरहथवा गाउँ विकास समिति मुर्तिया, हजरिया र लौकठ गाउँ विकास समितिहरु मिलाएर बरहथवा नगरपालिका घोषित गरेको थियो ।

बरहत्वाको पुर्वमा हरिपुर नगरपालिका,पश्चिम ,रौतहट जिल्ला ,उत्तरमा बागमती नगरपालिका र दक्षिणमा बसबरिया गाउँपालिका रहेको छ । जम्मा १८ ओटा वडाहरू रहेको यस पालिकाको जम्मा क्षेत्रफल १०७.०५ वर्ग कि.मि रहेको छ । बरहथवा नगरपालिकाको वाडा नम्बर न.५ स्थित रहेको नहर सडकलाई ढलान गर्ने बहानामा माटोमै ढलान शुरु गरेको छ । बरहथवा वडा न:- ५ मा भैरहेको विकास अन्तर्गतको माटो ढलानले पालिकामा अदुरदर्शिता रहेको स्पष्ट बुझ्न सकिन्छ । यसरी सडकलाई ढलानको योजना बनाउने व्यक्तिहरू तथा उपभोक्ता समिति र ठेकेदार लगायतलाई कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन जरुरी रहेको अवस्थामा अख्तियार मधेश प्रदेशको ध्यानाकर्षण आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤