ताजा समाचार

सप्तरी सहित देशैभरि धुमधामका साथ मनाए माघी महोत्सव २०८०

  • माघ २, २०८०
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ माघ ।  सप्तरी सहित देशैभरि धुमधामका साथ मनाए माघी महोत्सव २०८०  थारु समुदायद्वारा सप्तरी लगायत देशै भरि मनाइने गरेका माघी संक्रान्ति धुमधामका साथ मनाएका छन सप्तरी जिल्लाका शम्भुनाथ नगरपालिका बसवलपुर गाउँमा आफ्नो मौलिकता पहिचानलाई जगेर्नाका साथ मनाइने गरेका यस पर्वलाई हर्सौल्लासका मनाएका छन् भने यसलाई सम्पूर्ण थारु समुदाय मात्र नभई गाउँ समाजमा सामुहिक रुपमा मनाउदै गरेका दृश्यमा देखिन्छ यसलाई विशेष गरि थारु समुदायले नयाँ वर्ष २६४७ को रुपमा पनि मनाइने गरिन्छ यस माघी संक्रान्तिका दिन आफ्ना भेष भुषा सहित प्रस्तुत हुने गरेका हुन्छन ।

मौलिकता झल्किने घरायसी परिकार र सामग्रीहरुको प्रदर्शन गर्दै माघी पर्व अर्थात्  तिला सङ्क्राईत मनाइएको छ आयोजित कार्यक्रममा झुमरा नृत्य , विभिन्न टोल बस्तिबाट आएका थारु समुदायका युवा युवतीहरुले विभिन्न थारु मौलिकता झल्किने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु समुदायको आफ्नो पहिरनमा सहभागी सबै सजिएक थिए ।वक्ताहरुले थारु समुदायको उन्नति र प्रगतिको लागि आ - आफ्ना विचार राखेका थिए । कार्यक्रममा स्वागत नृत्यमार्फत अथितीगणलाई थारु युवा युवतीहरुले स्वागत गरेका थिए ।

थारु कल्याणकारिणी सामुदायिक सेवा केन्द्र सप्तरी,थारु महिला सभा,थारु कलाकार मंच,थारु विद्यार्थी समाज लगायतको सम्वन्यमा भएको कार्यक्रमको आयोजना थारु कल्याणकारिणी रहेको थियो । कार्यक्रममा थारु भाषा,संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा,कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम भएपछि आम अन्य समुदायको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤