ताजा समाचार

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालद्वारा लहानमा आमसभा हुने

  • माघ १, २०८०
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकँ बचाउ महाअभियान अन्तर्गत हुन् लागेको आमसभाको आज लहानको होटल ग्रान्डमा पत्रकार सम्मेलन गरि उद्घोष गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानले बैंक, लघुवित्त सहकारीहरुले आफ्ना ऋणी नागरिकहरुलाई लगायत उद्योगी, व्यवसायी,व्यपारिहरुलाइ गरेको अन्यायपूर्ण चरम आर्थिक शोषण र धड़पकड़का कारण आज उद्योगी, व्यवसायी व्यपारीहरू लगायत कयौं नागरिकहरु रुखमा डोरिको पासो लगाई भुण्डिने, विष सेवन गर्ने, शरिरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्य गरी आफ्नो जीवन त्याग्न वाध्य भएको अवस्था त यहाहरुलाई विदितै छ ।

हाल नेपालमा छाएको आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी, व्यापारीहरु‌ले आफ्नो व्यापार व्यवसाय बन्द गरी पालाइन हुनु पर्ने वातावरण सिर्जना भएको अवस्थामा पिडित नागरिकहरु लगायत उद्योगी व्यवसायी व्यापारिहरुलाई बचाउनु पर्ने समयमा राष्ट्र‌बैंकले जारी गरेको निति तथा नेपाल सरकारले अवलम्बन गरेको भने अर्थ मितिका कारण हामि उद्योगी व्यवसायी, व्यापारी लगाय आधीकांश नागरिकहरु दिनानुदिन थप पिडित हुदै गईरहेको छन् ।

अतः हाम्रो अभियानले यस जिल्ला अन्तर्गत वितिय रोवार गर्ने विभिन्न बैंक, सहकारी तथा लघुवित्त संस्थाहरुलाई सचेत गराउन उद्योगी, व्यवसायी, व्यापारीहरु लगायत नागरिकहरु‌को धितालिलामी गरी सुकुमबासी बनाउने, घरमा भएको भाडाकुडा बस्तु उठाएर लैजाने जस्ता काम तत्कालै रोकी ऋणीहरुले लिएको ऋणलाई पुर्नसंरचना गरि तिर्ने वातावरण मिलाउने तथा सहजी कारण गर्नको लागि यहि माघ २ गतेका दिन सिरहाको लहान बस पार्क ट्राफिक कार्यालय नजिक हुन् लागेको समेलनमा दुर्गा प्रसाईको अध्यक्षतामा कार्यकरम हुने भएकाले सहभागी जनाई दिन पत्रकार समेलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤