Siraha Times
ताजा समाचार

ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

  • पुस २८, २०८०
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २८ पौष। श्री ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज–८ को १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । वीरगंज बसपार्कस्थित होटल सोल्टी गार्डेनमा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रभुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डितले संस्थाका समग्र आर्थिक पक्ष, सामाजिक पक्ष एवम् सांस्कृतिक पक्षलाई बलियो बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै ओम शिवशक्ति सहकारी संस्था पर्सा जिल्लाका ठूला संस्थाहरूको नामभित्र पर्ने गरेको बताए ।

Rafe 3 संस्थाले आफ्नो शेयर सदस्यलाई नै ऋण दिने र शेयर सदस्यले त्यसबाट व्यवसाय गरी आम्दानी गरेर सावा ब्याज तिर्ने अवस्थाको सृजना गरीरहेकोमा बधाई दिदै १५ वर्षको यात्रामा ओमशिवशक्ति सहकारीले गरेको प्रगतीको श्रेय शेयर सदस्यहरूलाई जाने उनको भनाई रहेको थियो ।केही संस्थाहरूमा समस्या देखिएको बताउँदै उनले ऋणी सदस्यहरूले समयमै लिएको ऋण तिरेमा कुनै समस्या नआउने दाबी समेत गरे । सहकारी ऐनको दफा ७९ र सहकारी नियमावलीको परिच्छेद ३० र ८ मा ऋण लिँदा राखिएको धितो समयअवधि सकिएपछि लिलाम गर्ने स्पष्ट उल्लेख गरिए पनि लिलाम गर्ने अवस्थामा सम्म पुग्न नदिन उनले शेयर सदस्यहरुलाई समयमै किस्ता बुझाउन सुझाएका थिए ।

ओमशिवशक्ति सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार साहले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७९÷०८० मा शेयर पूजीँ २ करोड ११ लाख ३३ हजार ४ सय, बचत संकलन ४४ करोड ४४ लाख ७१ हजार ३ सय ८२ रुपैया ९४ पैसा रहेकोमा बचत फिर्ता ४३ करोड ३५ लाख ५४ हजार ९ सय गर्न सफल भएको छ । सो आ.व.मा कर्जा लगानी तर्फ ३४ करोड १५ लाख ३६ हजार ८ सय ४७ रुपैया ३२ पैसा रहेकामा संस्थाले ५ लाख ६३ हजार ३ सय ४३ रुपैया २८ पैसा नाफा कमाउन सफल भएको कार्यकारी अधिकृत साहले बताए ।

कोरोना भाइरसको महामारीसँगै, पछिल्लो समय देखिएको आर्थिक मन्दीका बीचमा पनि संस्थाले सन्तोषजनक कारोवार गरेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोनाको समयमा शेयर सदस्यहरुलाई राहत वितरणदेखि भूकम्प, हावाहुरी जस्ता आपतविपतमा पनि सक्रियता देखाउँदै आएको उनले बताए । आफ्नै भवन खरिद गरेर संस्थाले कारोवार गर्दै आएको पनि उनले सुनाए ।

सहकारीका सञ्चालक समिति अध्यक्ष कलिष्टर साह कानुको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल, वीरगंज महानगरपालिका सहकारी विभागका सुनिल कर्ण, समाजसेवी एवं अधिवक्ता रामचन्द्र सिंह राजपुत, शिवशंकर पटेल, श्रीनिधि साकोसका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसिया, कोहिनुस सकोसका व्यवस्थापक प्रदीप शर्मा, सहकारी संघका व्यवस्थापक अनुप यादव, भगवति साकोसका रामनिवास देहाती लगायतको उपस्थिती रहेको थियो । प्रिति साहले स्वागत मन्तव्य व्यक्त दिएकी सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्जवल घिमिरेले गरेका थिए । सो कार्यक्रममा उत्कृत कर्मचारी, ऋणी र बचतकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१