ताजा समाचार

पर्साको हरपुरबाट गाजाँसहित दुई जना व्यक्ति नियन्त्रणमा

  • पुस २४, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष २४ । पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट  करीव १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षिय र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षिय दुई युबक छन् । पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाईल सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤