ताजा समाचार

चिसो बढेपछि सिरहाको लक्ष्मीपुर पतारीका विद्यालय बन्द

  • पुस २४, २०८०
  • ९९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले बढ्दो शितलहर ( चिसो ) का कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै एक हप्ता जाडो बिदा दिएको छ। गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी माघ २ गते सम्म जाडो बिदा दिइएको जनाएका छन्। गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन–अध्यापन प्रभावित हुने भएकाले बर्खे बिदाबाट कट्टा हुने गरी मंगलबारदेखि माघ २ गते सम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ।

Rafe 2

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको अधिकृत पासवानको भनाइ छ । पालिकाले एक हप्ता जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन् । विस्तारै चिसो कम भएपछि माघ २ गतेदेखि मात्रै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। मंगलबार मध्याह्न १ बजेतिर लहान क्षेत्रको अधिकतम तापक्रम १८ डिग्री सेन्टिग्रेट छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤