ताजा समाचार

कपिलवस्तु मालपोतका कर्मचारी कुटिए बुद्धभुमि नगरपालिका वडा नम्बर ६

  • पुस २०, २०८०
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, २० पुस । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न आएको छ ।

लेखापढि व्यवसायीका सहयोगी रहेका मिश्राले कार्य सम्पादनमा असन्तुष्टीका कारण कंडेललाई कुटपिट गरेको हुन सक्ने श्रोतको दावी छ । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ । दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बताउंछन । यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ ।

कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कंडेलको कार्यशैली प्रति अधिकांस लेखापढि व्यवसायी असन्तुष्ट रहेको दावी छ । कुनै फाँटबाट अर्को फाँटमा फाईल पुराउंदा कंडेलले खुल्लम खुल्ला घुस माग्ने गरेको एक लेखापढि व्यवसायीले नाम प्रकाशन नगर्ने सर्तमा आरोप लगाए । यता कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । “आम सर्व साधारणले सेवा प्राप्त गर्न घण्टौं लाईन लाग्नु पर्ने तर बिचौलीया र असन्बन्धित व्यक्तिले सहजै सेवा पाएको गुनासो आउने गरेको छ । कतै कुटपिटको कारण यो पनि हुन सक्छ कि ? ” भन्ने टुडेकर्मीको प्रश्नको जवाफमा प्रमुख भण्डारीले यो दुषित र गलत नियतको प्रश्न भएकाले यस्को जवाफ दिन नसक्ने उनले बताए

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤