ताजा समाचार

सिरहा कारागारमै कैदीमाथि मरनासन्न कुटपिट

  • पुस २०, २०८०
  • १५३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुष २० । सिरहा कारागारमा एक कैदीबन्दी उपर मरनासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढी माथि गत बुधबार कुटपिट भएको हो । जसमध्ये सुनिल सबैभन्दा बढी गम्भीर छन् । उनलाई २५ वटा टाका लागेको छ । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ । हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् । चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ । यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤