ताजा समाचार

रौतहट प्रहरी द्वारा १८ लाख ४३ हजार नक्कली नोट सहित जैसवाल पक्राउ

  • पुस २०, २०८०
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० पुस । रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोक बाट गुजरा नगरपालिका५ हरिहरपुरका २५ वर्षीय सन्दीप जैसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो । पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जैसवालको साथबाट १ हजारको दरले ८४३ थान नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन। रौतहट प्रहरीले घटना सम्बन्धि सुक्ष्म अनुसन्धान गरिरहेको समेत बुझिएको छ।

केहि दिन यता फेरी नक्कली नोट कारोवारी भारत संग सिमा जोडेको ठाउँहरुमा आफ्नो गतिविधि बढाएको देखिन्छ भने कुलतमा फसेका युवाहरु खास गरी सिमा क्षेत्रमा हाल अत्यधिक मात्रामा सलवलाउन थालिएको छ। समग्र रुपमा भन्नु पर्दा पुर्व मेचि देखि पश्चिम महाकाली सम्मको तराईको जिल्लाहरुमा किशोर र युवाहरू दिन प्रति दिन लतमा फस्दै गैरहेको छ जसको कारण हरेक घरपरिवार, टोल, बस्ती, समुदाय अस्तब्यस्त रहेको देखिन्छ भने समुदायमा अनेकौ बिकृति फैलिएको र युवा पुस्ता नै धरापमा परेको कसै संग लुकेको छैन तर पनि सरकारहरु चुपचाप बसेका छन। अपराध नियन्त्रण गर्न खटिएका हाम्रा सम्पुर्ण सुरक्षा निकायहरु राजनैतिक दवावमा सहि ढंगले काम गर्न सकि रहेको छैन अनि कसरी बन्छ नयाँ नेपाल आम चिन्ताको बिषय बन्दै गैरहेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤