ताजा समाचार

धाब्रेमा जंगल फडानी, वन प्रमुख बेखबर

  • पुस २०, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

                        काभ्रे कप्लेश्वर वन सिरहामा भएपनि घाटगद्दी उदयपुरमा

लहान, २० पुस । वन फडानी तिव्र रुपमा भइरहँदा पनि वन डिभिजन कार्यालय लहान बेखबर छन् । नदीजन्य उत्खनन्को सवालमा धनगढीमाई नगरपालिकाका दूई दर्जनबढीमा मुद्दा लगाउन सक्षम रहेका वन डिभिजन कार्यालयका प्रमुख सुजितकुमार झा लहान नगरपालिकाप्रति दयामाया देखाएका छन् । उता, लहान १६ धानेमा लाखौको जंगल फडानी हुँदा कार्यालय प्रमुख मौन छन् । काभ्रे कप्लेश्वर वावा समुदायिक वन उपभोक्ता समिति निगरानीमा सयौं साखुको रुख कटान भएको छ। सो समुदायको बनमा आरा मेशिन र खानपिन गर्दै रुख कटान भइरहेको छ ।

एक स्रोतका अनुसार केही रुख कटान गर्न वन कार्यालय लहान सिरहाले इजाजत दिएको छ। योसँगै थप रुख कटान गरि घाटगद्दी उदयपुर जिल्लामा गर्दै आएको उनको दावी छ । दाउराको घाटगद्दी मात्रै सिरहा जिल्लातर्फ राखिएको छ । उनीहरु रुख कटान गरी उदयपुर हुँदै बाहिर बेच्दै आएको खुलासा भएको छ । वन कार्यालय लहानले केही समय अगाडि बरामद गरिएको बटम काठ त्यस जंगलको छेउमा रहेको रुम्जाटार स्कूलमा राखिएको छ। सो काठ समेत अलपत्र अवस्थामा रहेको वन कार्यालयको निगरानी विमुख रहेको स्थानीय बताउँछन् ।

जंगलमा रुख कटान भइरहेको बेला फोटो लिन जाँदा फडानी गर्नेहरु भगाभाग भएका थिए। काभ्रे कप्लेश्वर बाबा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन मगर र सचिव कुले मगर पत्रकारसँग भेटन मानेनन्। वन डिभिजन कार्यालय लहानका प्रमुख सुजितकुमार झासँग मोबाइल नम्बर ९८५२८३००८२ मा सम्पर्क गर्दा उहाँले 'म अहिले गोप्य बैठकमा छु । "पछि सम्पर्क गर्नु होला ।' प्रमुख झालाई सम्पर्क गर्न पुस १९ गते दिउँसो ३ बजेतीर वन कार्यालय पुगेका थिए। त्यहांका एक कर्मचारीले भने 'एक छिन पहिले हाकिम साहेव कार्यालयबाट बाहिर जानुभयो ।' अनि मोबाईलमा माइसेज छाडेपनि पूनः सम्पर्कमा आउँन चाहेन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤