ताजा समाचार

पर्साबाट करिव २४ लाख बराबर अबैध सामान सहित सवारी साधन नियन्त्रणमा

  • पुस १७, २०८०
  • १२५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुष १७ । पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामानहरु नियन्त्रणमा लिइएको छ । वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा १३ नं. गण पर्साले बरामद गरेको हो । त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएको हो । यसैगरी सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ स्थित सीमा इलाकाबाट ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको हो । ४ वटा साइकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४ सय ५० केजी काँस जस्तो देखिने धातु बरामद भएको हो । बरामद लत्ताकपडा तथा सामान, साइकल र गाडीसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤