पर्साबाट करिव २४ लाख बराबर अबैध सामान सहित सवारी साधन नियन्त्रणमा

  • पुस १७, २०८०
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुष १७ । पर्सा जिल्लाको विभिन्न ठाउँबाट करिब २४ लाख बराबरको सामानहरु नियन्त्रणमा लिइएको छ । वीरगंज महानगरपालिका १ र २ स्थित भगुवा र छटघाटबाट ६ लाख १ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा १३ नं. गण पर्साले बरामद गरेको हो । त्यस्तै सोही महागनरपालिका १९ स्थित बार्वाबाट १६ लाख ९८ हजार रुपैयाँ बराबरको प्याज र पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश २–०३–००१ च ५४८९ नम्बरको गाडीमा राखेर भारतबाट अबैध रुपमा भन्सार छलि गरि नेपालतर्फ ल्याउदै गरेको ३ हजार ३ सय केजी प्याजसहितको गाडी समेत नियन्त्रणमा लिइएको हो । यसैगरी सोही जिल्लाको बिन्दवासिनी गाउँपालिका ३ स्थित सीमा इलाकाबाट ६१ हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु बरामद गरेको हो । ४ वटा साइकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४ सय ५० केजी काँस जस्तो देखिने धातु बरामद भएको हो । बरामद लत्ताकपडा तथा सामान, साइकल र गाडीसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१