ताजा समाचार

बरियारपट्टीबाट अबैध ८ लाख रकम सहित दुईजना पक्राउ

  • पुस १५, २०८०
  • १३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस १५ । सिरहामा सिमावर्ती क्षेत्रबाट अबैध रकम सहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेको निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ ।

श्रोत नखुलेको अबैध रकम गईरहेको सुचना आउन साथ बरियारपट्टी गा.पा. ३ बरियारपट्टी सीमा ईलाकाबाट स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया आठ लाख रुपैया सहित बरियारपट्टी गा.पा.–३ बस्ने १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई न.पा. ७ बस्ने १९ वर्षीय ओम प्रकाश महतो लाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤