ताजा समाचार

ईप्रका पटेर्वासुगौलीको सक्रियतामा ५ टयाक्टर अबैध बालुवा र करिब ३ टयाक्टर दाउरा बरामद

  • पुस १२, २०८०
  • १२६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १२ पौष । पर्सा जिल्लामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै पर्सा प्रहरीले पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पर्साको भेडाहा खोलाबाट अवैधरुपले गिट्टी बालुवा उत्खनन् गरि लैजादै गरेको अवस्थामा पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।

भेडाहा खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्याल पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले खटाएको प्रहरी चौकी मिलनचोकको प्रहरी टोलीले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र २–०३–००१–४७४७ गरि पाँच वटा ट्रयाक्टर बरामद गरेको हो । नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशरीले बताए ।

त्यसैगरी, बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलवरिया टोल स्थित नदि किनारकोे छठघाटमा छुट्टा–छुट्टै स्थानमा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ टयाक्टर दाउरा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय एकटाङ्गा, बिन्दबासीनी कोइलाभार बडनिहार साझेदारी वन गस्ती टोली र सब डिभिजन वन कार्यालय रङ्गपुरबाट संयुक्त रुपले खटिएको टोलीले सो दाउरा बरामद गरेको जनाईएको छ । बरामद दाउरा तस्करी गर्ने गिरोहको खोजी कार्य भईरहेको र बरामद गरिएको दाउरा आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको प्रहरी निरीक्षक केशरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤