ताजा समाचार

दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ

  • पुस ६, २०८०
  • १०६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ६ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलारबाट पुस ५ सशस्त्र प्रहरीले दुई सय चालिस किलो गाँजा सहित मानिस पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खोज तलास गर्नेक्रममा बाँसघारीमा लुकाई छिपाई राखेको अबस्थामा दुई सय चालिस किलो गाँजा बिओपी बर्साईनले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले पाँच किलो तीन सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा आउदै गरेका उदयपुर जिल्लाको बेलका नगरपालिका ६ बस्ने १८ बर्षिय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो । बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤