ताजा समाचार

दुईदास मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा

  • पुस ५, २०८०
  • ९९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/ सिराहा, ५ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -४ सपही बस्ने ११ वर्षीय आदित्य कुमार ठाकुरको नाशामा मात्तिएको बेला २ जना मिलेर मारिएको छ। मार्नेहरुमा, जनकपुरधाम उपमहानगरपालिका -१२ हनुमाननगर बस्ने २२ वर्षीय संजय दास र २५ वर्षीय बादल दास रहेका छन् । उनीहरुलाई, संजय दास र बादल दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि आफ्नो हिरासतमा लिइएका छन् । मृतक आदित्य कुमार ठाकुर झण्डा मेला हेर्न मंसिर २२ गते पढाई लेखाईको सिललिलामा नानानानी गाउँ जनकपुरधाम उपमहानगरपालिका - १२ हनुमाननगर पुगे । त्यसको ठिक एकहप्ता पछि मंसिर २९ गते शुक्रबार साँझ हनुमान मन्दिरबाट जबर्जस्ती आदित्य कुमार ठाकुरको मोबाइल खोस्यो ।

त्यसपछि, संजय दास, बादल दास भने- मेरो पछाडिपछाडि आउनुस् (वाईफाई) हाल दिन्छु। आदित्य कुमार ठाकुरले उनीहरूको पछि लागे, उनीहरूहरुले दुश्मनी , नशा , ट्याबलेट र रक्सी खाएकै बेला एक्कासि लठ्ठीले पिट्दापिट्दै ज्यान लिइएको थियो । यी दुई दासलाई प्रहरीले घटना स्थलबाटै हिरासतमा लिइएका छन् । उनीहरूले प्रहरीको अगाडि आफ्नो सफाईमा भनेका छन् । मिस्टेक मिस्टेकमा हामी दुवै जनाले लठ्ठी प्रहार गर्दा बच्चाको ज्यान गयो "सोर्री" भनेर स्वीकार गरेका छन् ।

मृतकका बुबा हरि ठाकुर भाबुक हुँदै जानकारी गराए अनुसार - शुक्रबार छोरा बाबुको मारिएको खवर सुनिए पछि जसरी त्यसरी बिदा लिएर बिदेशबाट फर्किए । मलाई ३ सन्तान थियो एउटामात्रै छोरा थियोे । पहिलो १६ वर्षीय छोरी, माइलो बिचको ११ आदित्य , फेरि ५ वर्षीय छोरी थियोे । अब, मेरो दुनियाँमा उजडियो अंध्यारो छायो । उनले थप्दै भने - प्रहरी, प्रशासन , नेपाल सरकारबाट मलाई न्याय चाहिएको छ । हत्यारा संजय दास, बादल दासलाई कडाभन्दा कडा कार्यवाहीको मांग गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤