ताजा समाचार

परशुराम तलाऊमा पानी छैन , भक्तजनहरू स्नानबाट वञ्चित

  • पुस १, २०८०
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस १ । मधेश प्रदेशको धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामको पूर्व–उत्तर स्थित पुरनदाहा गाउँमा परशुराम तलाऊ रहेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाम भन्दा करिव १४ कि.मी . पूर्व तथा धनुषाधाम भन्दा करिव ५ कि.मी पूर्वमा अवस्थित रामायण कालीन परशुराम तलाऊ रहेको छ । सुरुवातका दिनहरूमा जनक सरोवरको नाउँले चिनिदै आएको यो सरोवर परशुरामको घोर तपश्याबाट कालो कमलको फूल सेतो भएपछिको दिनदेखि परशुराम तलाउको नाममा चिनिन थालिएको हो ।

साबिक मिथिलेश्वर निकास ४ मा रहेको सरोवर हाल मिथिला विहारी न.पा. २ मा अवस्थित रहेको छ । करिब २५ विगहा क्षेत्रफलमा फैलिएको यस तलाऊको दक्षिणतिर सिता सरोवर रहेको छ । तलाऊको ठिक पश्चिमपट्टी जगधर नदी बगिरहेको छ यस जलाशयमा शिली , जलहाँस , नीलकमल रक्त कमल जस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतिहरु पाईने यस सरोवरको आफनै मौलिकता रहेको छ । तलाउको पवित्रताको कारण छठ , एकादशमी , एवं जीतिया पर्वमा धार्मिक भजन , किर्तन , नाचगानको व्यवस्था गरी तलाउ बेहुली जस्तै श्रृंगारिन्छ । जितिया पर्वमा विहानैदेखि यस क्षेत्रवरिपरिका महिलाहरुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।

तर विवाहपञ्चमीको अवसरमा आन्तरिक तथा वाहृय पर्यटकहरू आएपनि कुनै किसिमको सजावट देख्न पाएनन् । यस तलाउको पूर्वी डिलमा नगर डिहवारको मन्दिर रहेको छ । उत्तर डिलमा पूर्वबाट मिथिलेश्वर महादेव मन्दिर, बिचमा परशुराम मुर्ति जुन निर्माणाधिन अवस्थामा छ र उत्तर डिलको सबै भन्दा पश्चिममा हनुमानजी महराजको मन्दिर बनाईएको छ । तलाउमा प्रवेश गर्न एउटा ठूलो प्रवेश द्धारा उत्तरतिर बनाईएकोे छ ।

धनुषाको परशुराम तलाउ ब्यबस्थापनका अभावमा एकातिर सरोवरको पानी सुकेको छ भने अर्कोतिर सरोवरको दिलको भौतिक संरचना अलपत्र परेको छ । बिबाह पञ्चमीको अवसरमा उक्त सरोवरमा पुगेका भक्तजनहरूले स्नान गर्न पाएका छैनन । हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौं अवतार मानिन्छ । परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤