सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरीको हिरासतमा

  • मंसिर २५, २०८०
  • ३३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /२५ मंसिर । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी हिरासतमा रहेकोे छ । डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ साथै गाली गलोज गरेको आरोपमा सुस्ता गाउँपालिकाको कार्यालयमा कार्यरत रोजगार संयोजक पदका बुधेश यादव ईलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा रहेकोे छ ।

त्यस्तै हिरासतमा रहेको बुधेश यादवको माईला दाइ सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित सिसवा आधारभुत बिधालयका सहायक प्रध्यानाध्यापक मन्तोष यादव भने यतिखेर फरार छन् । दुबै यादव दाजु भाई मिलेर पैसा र पावरको दम देखाउदै पुलिस मेरो खल्तीमा छ यस्ता यस्ता असाईलाई तुरुन्त सरुवा गराउने र कुटपिट गरि मृत्यु गराई रुखमा झुन्डाईदिने भन्दै जिल्लाको सुस्ता गाउँपालिका स्थित रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवट र उनका प्रहरी जवानलाई अभद्र व्यवहार गरेका थिए ।

हिरासतमा रहेको बुधेश यादव र फरार रहेकोे मन्तोष यादव सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको छोरा हुन् । दुबै यादव दाजुभाइ दिनभरी कार्यालयको काम गर्ने अनि रातभरि तस्करी गर्ने गृहको नायकेको रूपमा नेपाल भारतको सिमामा बसेर काम गर्दै आईरहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेश समन्वय प ...

रामएकवाल राम जनकपुरधाम - मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम ...

ठाडी भन्सार कार्यालय ...

रहमुल लहान २० फाल्गुन । सिरहा जिल्लाको सिमावर्ती दसगज्जा भगवानपुर गाउँपालिका ४ मा रहेको ठाडी भन्सार ...

नेपाल प्रेस युनियन ...

एलबी यादव लहान । नेपाल प्रेस युनियन सिरहा शाखा का पदाधिकारीहरु हिजो फाल्गुन १९ गतेदेखि कार्यभार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१