Siraha Times
ताजा समाचार

अमित ठकुरीको एतिहासिक यात्रा आम नागरिकलाई हात हातमा नागरिकता

  • मंसिर २४, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर २४ । भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई नगरपालिकाको वडा नं १४ का आम जनताको हात हातमा वाडा अध्यक्ष अमित ठकुरीको पहलमा नेपाली नागरिकता प्रमाणपत्र पत्र स्थानियलाई प्राप्त भएको छ । करिब एक हप्ता अगाडि वाडा कार्यालय परिसरमा वाडा नम्बर १४ का नागरिकता विहिन असाहय , दलित , अपाङ्ग, एकल महिला, वृद्ध, गरिब लगाएतको नागरिकता प्रमाण पत्रको फर्म जिल्ला प्रशासन कार्यालय सिराहा मातहत ईलाका प्रशासन कार्यालय लहानका टोलीद्वारा वाडा कार्यालय परिसरमा संकलन गरिएको थियो ।

संकलित अनुसूची भरेर ईलाका प्रशासन कार्यालय लहान लगिएको थियो । भौगोलिक विकटताका कारण सबै व्यक्तिको नागरिकता प्रमाण पत्र तयार भएपछि हिजो मंसिर २३ गते एक औपचारिक कार्यक्रममा बीच वाडा अध्यक्ष अमित ठकुरीको पहलमा धनगढीमाई वाडा नम्बर १४ का ९० जना नागरिकको हात हातमा नागरिकता प्रमाण पत्र प्राप्त भएको छ । नागरिकता प्रमाणपत्र वितरण कार्यक्रममा नगरप्रमुख शिवशङ्कर महतो, उपमेयर संगिता कुमारी चौधरी, वाडा सदस्यहरू कुल बहादुर राउत , मीनबहादुर कार्की लगाएत स्थानिय समाजसेवी , बुद्धिजीवी ,राजनीतिकर्मी , पत्रकार लगायतको उपस्थितिमा नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

धनगढीमाई वाडा नम्बर १२ ,१३ र १४ का स्थानिय नागरिकता प्रमाणपत्र विहिनका लागि संकलन गरिएको अनुसूची फारम अन्तर्गत सबै भन्दा बढी ९० जनालाई नेपाली नागरिकता प्रमाण पत्र वाडा नम्बर १४ मा वितरण गरिएको हो । वितरण गरिएको नागरिकता प्रमाणपत्र पत्र अन्तर्गत ४ जना अपाङ्ग ,३ जना जेष्ठ नागरिक रहेको वाडा अध्यक्ष अमित ठकुरीले बताउनु भएको छ । त्यस्तै वाडा नम्बर १२ मा ३२ जनालाई नागरिकता प्रमाणपत्र पत्र प्राप्त भएको छ भने वाडा नम्बर १३ मा ७ जनाले नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन ।

वाडा नम्बर १४ को वाडा कार्यालय परिसरमा ईलाका प्रशासन कार्यालय लहानका संयुक्त टोलीमा कार्यालय प्रमुख लिलाकान्त पौडेल सहित , नासु कुल बहादुर मिझार , खरीदार शैनी शाह , कम्प्युटर अपरेटर रामप्रसाद महतो , कास सुरज चौधरी , प्रहरी हवल्दार सन्दिप कुमार यादव लगातका टोली सहभागी भएर बिहान ८ बजेर ३० मिनेटको समयमा नागरिकता प्रमाणपत्र वाडा अध्यक्ष अमित ठकुरीले सबैभन्दा जेष्ठ नागरिक आसमाया राईलाई हस्तान्तरण गरेर वितरण कार्यक्रमको सुरुवात गर्नु भएको थियो । कार्यक्रममा शर्मिला कार्की र रेखा कार्कीले एककै साथ नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन, स्मरण रहोस शर्मिला र रेखा आमा छोरी हुन् ।

नागरिक प्रमाण पत्र वितरण गराउनका लागि धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरीको विशेष पहल समेत रहेको थियो । संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरीले " ईलाका प्रसासन लाहान सिरहाको सहयोगमा नागरिकता प्रमाणपत्र पत्र गरिएको , जिन्दगीको यादगार भन्दै जय जनता जय नेपाल " भनी बताउनु भएको छ । बौद्धिकताको धनी मानिने वाडा अध्यक्ष अमित ठकुरीको एतिहासिक विकास कार्यले गर्दा चौतर्फी प्रसंशा हुँदै आएको अवस्था रहेको । पछिल्लो समय विकासमा वाडा नम्बर १४ को वाडा अध्यक्ष अमित ठकुरीले फडको मार्दै आएको अवस्था रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१