ताजा समाचार

हात्तीदह सिमसारको योजना अलपत्र, लहान वनका हाकिमको मिलोमतोमा भुक्तानी

  • मंसिर २४, २०८०
  • ९६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा, मंसिर २४ गते । सिराहाको लहान नगरपालिका वडा न. १५ सोभापुरमा अवस्थित श्री कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्त समूह हात्तीदह तथा पर्यटकीय क्षेत्र कार्यक्रमको योजना अलपत्र परेको अवस्था छ। यो अलपत्र पर्नुमा वनका हाकिम र उपभोक्तबीचको मिलोमतो रहेको बुझिएको छ। श्रोतका अनुसार - सो सिमसार क्षेत्र संरक्षण तथा प्रवर्द्धन कार्यक्रम योजनाको बढी नै पेश्की रकम भुक्तानीसमेत भइसकेको बुझिएको छ। श्रोतले भन्छन् - हाकिम, लेखा र उपभोक्त मिलोमतो भएपछि भुक्तानी भई हाल्छ नि!

यो सँगै , उक्त निर्माण कार्यक्रम उपभोक्त समिति मार्फत असोज -१७ गते श्री कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्तालाई दिइएको थियो । ३ महिनाभित्र पर्यटकीय क्षेत्र प्रवर्द्धनको काम सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको थियो । झण्डै, २ महिनाबढी बितिसक्दा ३५% मात्र काम पूरा गरेको अवस्था छ। त्यसैगरी, सो कार्यक्रमको अनुमानित कुल लागत १० लाख ६७ हजार ४ सय ८२ रुपैयाँ रहेको छ। जसमा- डिभिजन वन कार्यालय लहानले ९ लाख ६० हजार र उपभोक्ताले व्योहोर्नेु पर्ने रकम १ लाख ७४ हजार ८२ रहेको छ।

हात्तीदहमा सम्पन्न हुने मुख्य कामहरू :- शान्ति वाटिका पार्क निर्माण , सिमसार क्षेत्रको बाटोमा ग्यालिन जाली, चाइनिज दुबो लगाउने जस्ता कामहरू रहेको छ। यता, यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत सुजित कुमार झालाई मो. ९८५२८३००८२ मा सम्पर्क गर्दा - "उनलेे भने" - सुजित कुमार झाले बिना काम योजना सम्पन्न नगरि भुक्तानी दिदैन्। उपभोक्त समितिको ढिलासुस्तीले निर्माणकार्य पछि परेको बताए । हाकिम झा र केही कर्मचारीको मिलोमतोमा सुचना प्रसारणको रकम बर्षौँदेखि झ्वाम्म पारिएको विषय चौतर्फी चर्चामा छन् । मिडियाको नाममा नीजी लगाव राखेर नजिकको आफ्नतलाई सबै खाले सुचना दिई लाखौं झ्वाम्म पारिएका छन् । वन कार्यालय लहानमा यस्तो व्यक्ति काम गर्छन् - जो मिडियाकर्मी पनि छन् र वनका कर्मचारी पनि । सबै गोप्य सुचना घुपचुप पार्छन् पर्दाफास हुनै गाह्रौँ छ।

पछिल्लो केही समय उता, डिभिजन वन कार्यालय लहान लेखा शाखाका सरकारी गाडी दुरुपयोगको संन्दर्भमा सोध्दा - "डिभिजन वन कार्यालयका कर्मचारी २४ घण्टैं ड्युटीमै रहन्छ" यसमा मिडियाकर्मीको आआफ्नो धारणा व्यक्त भएको अधिकृत झाले प्रतिकृिया दिइएका छन् । वन कार्यालय लहानका केही कर्मचारीले केही दिनदेखि व्यापक सरकारी दुरुपयोग गरिदै आएको देखिन्छ । तथापि, निगरानी गर्ने निकाय सिडियो राजेन्द्रदेव पाण्डे बेखवर छन्। साँझ पर्ने बित्तिकै अधिकाँश सरकारी गाडीहरु शहर बजारको ठुल्ठुल्ला होटल अगाडि लाग्छन् । सरकारी गाडीले तरकारी किन्दै गर्दा वन कार्यालयका मोटरसाइकल प्रयोग गरिएको थियो ।

सरकारी गाडीले कार्यालयको काम कम तर, आफ्नो व्यक्तिगत र घरायसी कामकाज बढी गर्ने गरेका छन् । गाडी दुरुपयोग नरोकिनु ठूलो बेतिथि हो, सरोकारवाला निकाय सिडियो किन बेखबर ? डिभिजन वन कार्यालय लहानका जिल्ला वन अधिकृत सुजित कुमार झाले पछिल्लो समय उता व्यापकरुपमा काठबाट राजश्व छलेको श्रोतले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤