Siraha Times
ताजा समाचार

ईप्रका प्रसौनी बाराका घुमुवाहरु पटेल र केवटको असुली धन्दा तीब्र

  • मंसिर २३, २०८०
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा २३ मंसिर। बारा जिल्लाको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालयले घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार स्रोतले जनाएको छ । ईप्रका प्रसौनी मातहतका युनिटहरुबाट र तस्करहरुबाट रकम असुलीकै लागि दुई जना घुमुवा खटाईएको जनाईएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी सहायक हवलदारद्वय सोनालाल पटेल र भागरथी महतो केवटले प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा र जोतपुर लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबार गर्ने तस्करहरु सँग मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् । शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीमा संगलन हुन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवाहरु चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको बुझिएको छ ।

सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुको आरोप रहेको छ । सो नाकाहरुबाट सत्येन्द्र, सुरेन्द्र, जुमुदिन, शत्रुधन, अनिल, बलिराम, संजय, धुरुप, संतोष, बिजय, जुमराठी लगायतकाहरुलाई मासिक प्रति व्यक्ति ५ हजार देखि २० हजारमा तस्करीको लाईन पाएको एक व्यपारीले नाम नछाप्ने शर्तमा बताए ।

सो नाका भएर भारतबाट लत्ताकपडा, हार्डवेयर, रजनीगन्धा, जुत्ता चप्पल, काजु, धान, प्रतिबन्धित औषधी लगायतका सामग्रीहरुको तस्करी कार्य निर्वाध रुपमा भईरहेको जो कोहीले पनि सजिलै हेर्न सक्ने बलिरामपुरका एक युवाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । तस्करी वापत घुमुवाद्वय पटेल र केवटले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक बिनोद बोहरालाई राम्रै रकम बुझाउने गरेको स्रोतको भनाई रहेको छ ।

यदि प्रहरी निरीक्षक बोहराले मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ । ईप्रका प्रसौनी मातहतमा पर्ने छतवा चौकीको बिगत समयमा सहायक हवलदार पटेल घुमुवा बसिसकेकोले उनलाई सो क्षेत्रको तस्करी बारे राम्ररी जानकारी भएकोले उनलाई बिगत करिब ९ महिना देखि ईप्रका प्रसौनीमा घुमुवा राखिएको प्रहरी स्रोतको भनाई रहेको छ ।

सो सम्बन्धमा ईप्रका प्रसौनीका प्रहरी निरिक्षक बोहरा सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१