ताजा समाचार

सञ्चालक रबिन्द्रले राजस्व छलि गर्दै, नियमनकारी निकाय मौन

  • मंसिर २१, २०८०
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २१ मंसिर । कम्प्यूटर वल्र्डका सञ्चालक रबिन्द्र साह कलवारले नेपाल सरकारको राजस्व चोरीमा माहिर रहेको ग्राहकहरु बताउदंछन् । कलवारले ग्राहकहरु कम्प्यूटर, ल्यापटप, प्रिन्टर लगायतका सामानहरु किन्न जाँदा उनी भ्याट बिल नदिई सामान्य बिल दिने गरेको बताईन्छ । ग्राहकले भ्याट बिलको लागि भन्दा वल्र्डका सञ्चालक कलवारले भ्याट बिल लिएर के गर्नु हुन्छ ? म यही हुन्छु केही समस्या परेमा मलाई भन्नुस भन्दै सरकारको लाखौं लाख राजस्व चोरी गरिरहेको स्रोतले जनाएको छ । यदि कुनै ग्राहकले भ्याट बिल नै चाहियो भनि जिकिर गर्दा कलवारले महँगो सामानलाई कम मुल्यको भ्याट बिल बनाएर दिने गरेको एक ग्राहकले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

यति मात्र कहाँ हो र ? सञ्चालक कलवारले डिस होम फाईबर नेट पनि सञ्चालनमा ल्याएका छन् । उनले नेटको ग्राहकहरु बढी भए पनि उनी कम ग्राहक देखाई यसमा पनि नेपाल सरकारको लाखौं लाख राजस्व छलिरहेको त्यही काम गर्ने एक कामदारले बताए । उनले ग्राहकहरुलाई बढी MBPS दिने भनेर कबोलको रकम लिए पनि कम MBPS दिने गरेको ग्राहकहरुको गुनासो रहेको छ । यसमा पनि सरकारको राजस्व सँग सञ्चालक कलवारले खेलवाड गरिरहेको ती स्रोतको भनाई रहेको छ ।

राजस्व चोरीमा माहिर मानिएका सञ्चालक कलवारले दिन “दु गुना रात चौगुना” नेपाल सरकारको राजस्व चोरी गरिरहेको भए पनि आन्तरिक राजस्व कार्यालय, पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । उनको पसल वीरगंज महानगरपालिका लिंकरोडको उत्तरपट्टी आर्मी व्यारेक पछाडिको बाटोको पूर्वपट्टी अवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤