ताजा समाचार

शिक्षकको कुटाईबाट बिद्यार्थीको पिठ्यूँमा सुमला

  • मंसिर १९, २०८०
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १९ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको एक बिद्यालयका बालिका विद्यार्थी शिक्षकद्वारा मरणासन्न हुने गरी कुटिएका छन् । शिक्षकको कुटाईबाट बिद्यार्थीको पिठ्यूँमा सुम्लाँ उठेको छ । नेपालको संविधान २०७२ को भाग ३ को धारा ३९ को उपधारा ७ बमोजिम भनिएको छ " कुनै पनि बालबालिकालाई विद्यालयमा शारीरिक यातना दिन पाइने छैन ,यदि यस्तो कार्य गरेको खण्डमा कानून बमोजिम दण्डनीय हुनेछ र उपधारा १० बमोजिम पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षति पूर्ति पाउने " वैधानिक व्यबस्था गरिएको छ ।

सरावल गाउँपालिका वाडा नम्बर ७ मा रहेको कालिका इंग्लिश स्कुलका कक्षा १ मा अध्ययनरत विद्यार्थी कञ्चना राजभरलाई उक्त विद्यालयमा कार्यरत शिक्षकले पिठ्यूँमा सुँमला उठनेगरी पिटेपछि घटना बाहिरिएको हो । बच्चालाई फकाई फुलाई गरी पढाउनु पर्ने ठाउँमा बच्चाको घाउ देखेर मनै समाल्न न सक्ने गरि आम मानिसको आँखामा आसु आउने गरी पिट्नु एउटा अशल शिक्षकको गुण अबगुणको बारेमा स्पष्ट बुझ्न सकिन्छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ०७ को बर्दघाटे मन्दिर एरियामा रहेको बर्दघाट कालिका ईंग्लिश स्कुलका शिक्षक निरन्जन यादवले कक्षा १ मा पढ्ने विद्यार्थी कन्चना राजभरलाई गम्भीर घाऊ हुने गरी पिटेका हुन । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤