ताजा समाचार

लहानबाट चिनियाँ नागरिक पक्राउ, वन कार्यालयले अनुसन्धान गर्दै

  • मंसिर १८, २०८०
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसिर १८ सिरहा ।  डिभिजन वन कार्यालय सिरहा, लहानले चाइना रेल्वे कम्पनीमा कार्यरत चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।महेन्द्र राजमार्ग विस्तारका लागि चाहिने बालुवा, गिटी उत्खनन गर्ने क्रममा वन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका लहानका प्रमुख सुजितकुमार झाका अनुसार चिनियाँ कम्पनीले मापदण्ड विपरीत लहान नगरपालिकाको वडा नम्बर १५ स्थित खुट्टी खोलामा गिटी बालुवा उत्खनन गरिरहेको दुई वटा स्काभेटर र चालकलाई वन कार्यालयबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

दुई जना चालक पक्राउ परेपछि फिल्ड इन्चार्ज छ्याङ फरार थिए । उनलाई वन कार्यालयका वन रक्षकले मङ्सिर १५ गते लहानबाट पक्राउ गरेको थियो । उनलाई अहिले वन कार्यालयको हिरासतमा राखिएको प्रमुख झाले बताए । उक्त घटना अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको छ । अनुसन्धानपछि आउने परिणामका आधारमा मुद्दामा जाने कि नजाने भन्ने निर्णय लिने झाले बताए ।

 

लहान नगरपालिकाले वातावरण अध्ययन बिना नै चिनियाँ कम्पनीलाई उत्खनन गर्न ठेक्का दिएको थियो । प्रमुख झाले नगरपालिकाले गरेको सम्झौता अनुसार प्रतिदिन २०१ घनमिटर बालुवा, गिटीमात्र उत्खनन गर्नुपर्नेमा चिनियाँ कम्पनीले डेढ घण्टामा ३९० घनमिटर गिटी, बालुवा उत्खनन गरेको बताए । वन नियमावली अनुसार गिटी, बालुवा उत्खनन गर्दा प्रतिघनमिटर ९ रुपैयाँ राजस्व बुझाउनुपर्छ तर नगरपालिकाले प्रति घनमिटर ६ रुपैयाँमा सम्झौता गरेको छ ।

त्यसैगरी, सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा सोही कम्पनीले उत्खनन गरिरहँदा त्यहाँ पनि चालकसहित गाडी नियन्त्रणमा लिइएको छ । धनगढीमाई नगरपालिकाको वन क्षेत्रमा पर्ने सर्रे खोलामा अवैध रुपमा जेसीबी प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा र ट्याक्टर चालक धनगढीमाइका राम कुमार यादव, अरविन्द कुमार यादव, रमन किशोर यादव, पुरुषोत्तम यादव, ईन्द्रजित महतो, बरियारपट्टी गाउँपालिका वडा नम्बर २ का संदिप कुमार महतो र नरहा गाउँपालिकाका फूल कुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤