Siraha Times
ताजा समाचार

सिरहाको लहानमा भीषण आगलागी हुदा लाखौको क्षती

  • मंसिर १७, २०८०
  • १३९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसीर १७ । मधेश प्रदेशको सिरहा जिल्लाको लहान नगरपालिका ३  स्थित नेपाल साइकल स्टोरमा आज करिब १:३० बजे आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ ।इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो करिब १:३०  बजेतिर भीषण आगलागी भएको हो । 

भने उक्त आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल मोटरसाइकल अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जल्दा करिब ६० लाख बरावरको क्षति भएको अनुमान गरिएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए । इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो ।प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण संकलनसहित घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सखुवानन्कारकट्टीमा स ...

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधे ...

सिरहाको गोलबजारमा आग ...

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१