Siraha Times
ताजा समाचार

विपद् व्यवस्थापन तथा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना अभियानमा सिरहाली सशस्त्र,लहानमा विद्यार्थीलाई प्रशिक्षण

  • मंसिर १७, २०८०
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा मंसीर १७। सिरहाली सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तथा लागुआैषध दुर्व्यवस्नि विरूध प्रशिक्षण अभियान सुरू गरेकाे छ । नेपाल भारतकाे खुल्ला सिमानाका कारण भारतीय बजारमा खुल्याम पाईने जानलेवा प्रतिवन्धित लागुआैषधले यूवा पुस्तामा परेकाे असरलाई मध्यनजर गर्दै सिरहाका सशस्त्र प्रहरीले जागरुक अभियान सुरू गरेकाे छ ।

जस अन्तर्गत सशस्त्र गुल्मा ठाडीका गुल्मापति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक दुर्गा भट्टकाे नेतृत्वमा सिरहाकाे लहान अवस्थित जे.एस.मुरारका मल्टिपल कलेजका विद्यार्थीहरूलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्?  यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? लगायत बारेमा जानकारी गराउदै प्रशिक्षण दिई अभियानलाई सुरूवात गरिएकाे छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक भाेला भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे ।

लागुआैषधले कलिला उमर मै युवा पुस्ताकाे भविष्य अन्धकारमा धकेलिरहेकाे डरलागदाे भयावह दृस्यलाई राेकथाम गिर सबल र सुलभ भविष्य तर्फ माेड्ने उद्श्यले लागु औषध दुर्व्यसन विरुद्ध जनचेतना अभियानमा थालिएकाे छ । लागु औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलक प्रशिक्षणमा विद्यार्थीहरू पनि गम्भीरता पूर्वक लिईरहेकाे हुनाले जनचेतना मुलक अभियान सफल हुनेछ र हाम्रा यूवा पुस्ता कुलतमा नभई सहि बाटाे हिड्ने विश्वासका साथ अभियानलाई अगाडि बढाईएकाे छ भने अभियानलाई निरन्तरता दिईने सशस्त्र प्रहरी बल नेपाल,नं.७ गण हे.क्वा.सिरहाका गणपति एवाम सशस्त्र प्रहरी उपरिक्षक शिव गैरेले बताए । गणपति गैरेले भने,मात्रै बाेर्डरमै कडाई गरि पुग्दैन यूवा पुस्तामा जनचेतना जगाउनु पनि अति आवश्यक रहेकाे बताएका हुन् ।

औषध दुर्व्यसन विरुद्ध जनचेतना अभियानमा सिरहाली सशस्त्र प्रहरीकाे जागरूकता प्रती स्थानिय समाजसेवि तथा बुद्विजिविहरूले धन्वाद दिदै अभियान सफलताकाे कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

हावाहुरीले घर भत्किँ ...

लहान, ६ वैशाख । शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण सिरहामा एक महिलाको ज्यान गएको छ। प्राकृ ...

सिराहाको धनगढीमाईमा ...

विनोद अविरल,​सिराहा, बैशाख ६ । ​सिराहाको धनगढीमाई नगरपालिका-१२ स्थित डोटेल मावि अगाडि ट्याक्टर चालकम ...

लहानमा श्री ल.ल. कुश ...

ओम प्रकाश यादव लहान वैशाख ६ । सिराहा जिल्लाको लहानस्थित श्री ल.ल. कुशवाहा माध्यमिक विद्यालयले आज लिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१