ताजा समाचार

गणपति गैरेकाे निर्देशनमा अबैध रकम सहित बरियारपट्टीबाट एकजना पक्राउ

  • मंसिर १६, २०८०
  • २०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा १६ मंसीर । सिरहामा सिमावर्ती क्षेत्रबाट अबैध रकम सहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाकाे गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेकाेग निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाकाे कमाण्डमा खटिएकाे सशस्त्र प्रहरीकाे टाेलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित एकजनालाई पक्राउ गरेकाे छ ।

श्रोत नखुलेको अबैध बाकी गईरहेकाे सुचना आउन साथ बरियारपट्टी गा.पा. ३ चमारटोल स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा बोकी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८,००,०००/- (आठ लाख) रुपैया सहित बरियारपट्टी गा.पा.-२ श्रीपुर निवासि ४२ वर्षीय माेहमद फिराेजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे.क्वा.सिरहाकाे गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताएका हुन् ।

गणपति गैरे सिरहाकाे कमाण्ड सम्हाले देखि सिरहा अवस्थित सिमावर्ती क्षेत्रकाे सुरक्षा व्यवस्था काडा पारिएकाे छ । काडा पारिएकाे सुरक्षा व्यवस्थाले तस्करी देखि अबैध काराेवारमा प्रतिबन्ध लागेकाे देखिन्छ । गणपति गैरे सिमावर्ती क्षेत्रकाे सुरक्षा व्यवस्थामा कुनै कमी गरे सहन नहुने भन्दै सतर्क रहन आफना मातहतलाई निर्देशन लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤