ताजा समाचार

सिरहामा सशस्त्रद्धारा लाखौको तस्करीका सामान सहित एकजना पक्राउ

  • मंसिर १५, २०८०
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १५ मंसीर  ।सिरहामा सशस्त्र प्रहरीले लुकीछिपी भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा लाखौको सामान र तस्करीमा प्रयोग भएको गाडी सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा. सिरहाका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक शिव गैरेद्धारा सिमावर्ती क्षेत्रको कडाईका निर्देशण पश्चिात सशस्त्रका विओपिहरुले सिमावर्ती क्षेत्रमा कडाई गरेलगतै तस्करहरुको भगाभग भएको छ ।

जस अनुरुप सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा. सिरहाबाट खटिगएको टोलिले सिरहा न.पा. १ रमौल स्थित भारतबाट अबैधरुपमा भन्सार छलि गाडिमा राखि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि मुल्य रु.१३०२४००मुल्य बराबरको बराबरको कपडा,किराना सामानहरु बरामद गरिएको छ भने तस्करीमा प्रयोग भएका स. १ च. १५९ नम्बरको महेन्द्रा कमान्डर जिप र एक जना व्यक्ति सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा. सिरहाका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक शिव गैरले बताए । नियन्त्रणमा लिएको सामान,जिप र एक जना व्यक्ति सहितलिई आवश्यक कार्वाहिको लागि भन्सार कार्यालय माडरमा बुझाईएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤