Siraha Times
ताजा समाचार

प्रहरी प्रशासनको मिलोमतोमा अभियानको ठगी धन्दा फस्टाउदै, महानटवरलाल काफ्लेले विज्ञप्ती निकालेर ग्राहकहरुलाई उल्लु बनाउदै

  • मंसिर १२, २०८०
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १२ मंसिर । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडले किस्ताबन्दीको नाममा ग्राहक ठग्दै गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा आएपछि अभियानका अध्यक्ष महानटवरलाल विष्णु प्रसाद काफ्लेले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पाठ सिकाउने प्रयास गरेका छन् ।

“जो चोर उसैको ठूलो स्वर” उखानलाई चरितार्थ गर्दै अध्यक्ष काफ्लेले विद्युतिय सामग्री टिभी र वासिङ्गमेसिन एसेम्बल गरी विक्रि वितरण गर्नुको साथै अन्य विद्युतिय सामग्रीहरु पनि ग्राहकहरुको आवश्यकता र क्रयशक्तिको आधारमा किस्ताबन्दीमा पनि उपलब्ध गराउदै आएको विज्ञप्तिमा उल्लेख गरेका छन् । पाठकवृन्द, किस्ताबन्दीमा सामग्रीहरु उपलब्ध गराउनुको मतलब ग्राहकलाई पहिला सामान दिनु पर्छ र सो ग्राहक सँग सामान वापतको रकम किस्ताबन्दीमा उठाउनु पर्छ । तर अभियानका ठगहरुले ग्राहक कार्ड छपाएर प्रत्येक ग्राहक सँग मासिक ११ सय ७५ रुपैया असुल्दै मासिकै पिच्छे काठमाडौंको एकान्त ठाउँमा चिठा खोल्ने गरेका छन् ।

चिठा खोल्ने काम युट्युब मार्फत हुन्छ, त्यसमा जो ग्राहक छ त्यसैलाई मात्र सो युट्युबमा जोडिएको स्रोतले जनाएको छ । नेपालमा चिठा खोल्ने कार्य कानुन विपरितका काम हुन् । महिनै पिच्छे किस्ताबन्दीमा रकम असुल्दै चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई अभियानले ठगी गर्दै आएको प्रष्टै देखिन्छ । अभियानले अभियान नामक टिभी एसेम्बल गरी उत्पादन गर्ने उदेश्यले कम्पनिको रजिष्टारबाट काठमाडौं–१३ मा गर्ने अनुमति लिएको हो ।

महानटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उदेश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि स्थानिय प्रहरी प्रशासनहरुलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा गोलाप्रथाद्धारा किस्ताबन्दी खेलाउदै ठगी धन्दा गर्ने गरेको स्रोतको कथन रहेको छ ।

अध्यक्ष काफ्लेलाई प्रश्नः तपाईको अभियान नामक टिभीको कारखाना काठमाडौंमा छ ? टिभी उत्पादन गर्ने नाममा देशको दर्जनौ ठाउँमा गोलाप्रथाद्धारा किस्ताबन्दी खेलाउने अनुमति कहाँ बाट लिनु भएको हो ? सदस्यहरुलाई मात्र युट्युबमा जोडी गोलाप्रथा गराउने अनुमति कुन निकायले दिएको हो ? ग्राहकहरु सँग महिनै पिच्छे ११७५ रुपैयाको दरले २४ महिनामा २८ हजार २ सय असुलेर अन्तिम महिनामा टिभी दिने नियम तपाईको प्रबन्धपत्रमा उल्लेख छ ? दर्शाईएको प्रश्नको जवाफ दिन हिम्मत छ भने पत्रकार सम्मेलन गर्न चुनौति छ ।

आफ्ना ठगी धन्दा सुचारु राख्न ग्राहकहरुलाई सन्तावना दिने उदेश्यले बिना लेटरपैड र छाप सहितको विज्ञप्ती निकालेर आफै चलाख बनेर ग्राहकहरुलाई उल्लु बनाउने काम बन्द गरेर टिभी एसेम्बल गर्न सल्लाह छ । पाठकवृन्दहरु, अभियानको ठगी धन्दा सन्दर्भमा दर्जनौ सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पनि स्थानिय प्रहरी प्रशासनले हालसम्म अनुसन्धान गरी कानुनी कारवाही प्रक्रिया अगाडि नबढाउनुले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा ५÷५ लाखको अभियानबाट महिनवारी लिदै गरेको आरोप पुष्टि हुदैछ ।

वीरगंजका दिपेश वर्णवाल बढी बिवादित व्यक्ति रहेको वीरगंजवासी सँग लुकेको छैन् । उनी सुरु देखि नै बिवादित काम गर्दै आएको र उनको बारेमा मात्र लेखियो भने एउटा ग्रन्थ नै लेख्न सकिन्छ । उनी जहिले पनि ठगी धन्दामा लागेर वीरगंजका सयौं व्यक्तिलाई बेवकुफ बनाउदै हालसम्म ठगी धन्दामा नै संलग्न रहदै आएका छन् । पाठकवृन्द, महानटवरलाल काफ्लेले टिभी एसेम्बल गर्ने अनुमति लिई वीरगंजबाट मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरु सँग प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताएका छन् ।

मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने गोलाप्रथाद्धारा किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय असुल्ने गर्ने गरेका छन् । वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा पाएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्तालाई वीरगंजमा बिवादित र नटवरलालको रुपमा चिनिने गरिन्छ ।

दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरु बनाउन सफल भएको बताईन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरुले नै बताउंदछन् ।

वीरगंज कार्यालयको अगाडि सदस्यहरुलाई झुक्याउन ईलेक्ट्रोनिक्सको पसल खोली आफ्नै काराखानाको उत्पादन हो भन्दै बजारको अन्य पसलबाट किनि सो ईलेक्ट्रोनिक्स सामानहरु राखिएको स्रोतले जनाएको छ । वीरगंज महानगरपालिकाले नियमानुसार अभियान डिजिटललाई व्यवसायिक अनुमति पत्र नदिनु पर्ने ठाउँमा मासिक रुपमा रकम असुल्दै सो अनुमति पत्र दिएको बुझिएको छ ।

अभियानले वीरगंजमा मात्र २४ महिनामा ग्राहकहरु सँग २२ करोड ५५ लाख ७१ हजार ८ सय ठगी गर्ने गरेका छन् भने काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा लगायतका ठाउंहरुमा गोलाप्रथाद्धारा चिठ्ठा र किस्ताबन्दी खेलाउदै अर्बौ अर्ब ठगी गरिरहेको समाचार स्रोतको भनाई रहेको छ । वीरगंज महानगरपालिका–१५ नेशनल मेडिकल कलेज जाने बाटो भिस्वा त्रिशुल चौकको १०० मिटर पश्चिम कार्यालय खोली अडा जमाएर बसेका दिपेश वर्णवाल लगायतका ठगहरु आफ्ना ठगी धन्दाहरु “दिन दु गुना

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१