ताजा समाचार

प्रहरी प्रशासनको मिलोमतोमा अभियान डिजिटलद्धारा ठगी, सचेत नागरिक आश्चर्यमा

  • मंसिर ११, २०८०
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ११ मंसिर। प्रहरी प्रशासनको मिलोमतोमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडद्धारा ठगी धन्दा चलिरहदा सचेत नागरिकहरु आश्यर्चमा रहेका छन् । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई ५/५ लाखको महिनवारी दिएर डिजिटलले सुरु गरेका ठगी धन्दा फस्टाउन थालेको छ । सो अभियान दोल्खा निवासी नटवरलाल विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी नटवरलालहरु दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्दै गरे पनि नियमनकारी निकाय मौन हुनुले नै रकम खादै गरेको पुष्टि भएको देखिन्छ ।

वीरगंज महानगरपालिका बसपार्क त्रिशुल चौक कार्यालय खोली अडा जमाएर बसेका दिपेश वर्णवाल लगायतका ठगहरु आफ्ना ठगी धन्दाहरु “दिन दु गुना रात चौगुना” अगाडि बढाईरहेका छन् । अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उदेश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उदेश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको पाईएको छ ।

सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड ठगी गरिरहेको बुझिएको छ । वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए ।

मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरुले नै बताउंदछन् । किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत काठमाडौंको एकान्त ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् ।

मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् । वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा लिएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्तालाई वीरगंजमा बिवादित र नटवरलालको रुपमा चिनिने गरिन्छ ।

दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरु बनाउन सफल भएको बताईन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरुले नै बताउंदछन् ।

नटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उदेश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि प्रहरी प्रशासनलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा यस्तो ठगी धन्दा गर्ने गरेको स्रोतको कथन रहेको छ ।

वीरगंज कार्यालयको अगाडि सदस्यहरुलाई झुक्याउन ईलेक्ट्रोनिक्सको पसल खोली आफ्नै काराखानाको उत्पादन हो भन्दै बजारको अन्य पसलबाट किनि सो ईलेक्ट्रोनिक्स सामानहरु राखिएको स्रोतले जनाएको छ । वीरगंज महानगरपालिकाले नियमानुसार अभियान डिजिटललाई व्यवसायिक अनुमति नदिनु पर्ने ठाउँमा मासिक रुपमा रकम खादै सो अनुमति पत्र दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤