Siraha Times
ताजा समाचार

आम जनताको रोजाइमा डिएस्पी भट्ट

  • मंसिर ७, २०८०
  • १९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स मंसिर ७ । सिरहाको सीमावर्ती नेपाल भारत नाका ठाडी भन्सारका शस्त्र प्रहरी बलका डिएस्पी दुर्गा प्रसाद भट्ट यतिबेला आम जनताको रोजाइको डिएस्पीमा गनिनु भएको छ । सीमा नाकामा आम जनताको दैनिकीलाई ख्याल गर्दै सुरुक्षा चुस्त र दुरुस्त तवरले गर्दै आउनु भएका भट्टका कमाण्डमा शस्त्र प्रहरी बलका टोलीले भन्सार छलीका सामान बरामद गर्न एकातिर सक्रिय भएका छन् भने अर्कोतिर भट्टको कमाण्डमा खटिएका प्रहरी टोलीले स्थानिय पालिकाको एक घरलाई आगलागी हुनबाट जोगाएका हुन ।

त्यस्तै भगवानपुर गाउँपालिका वाडा नम्बर ४ अन्तर्गत ठाडी नाकामा रहेको प्रहरी चौकीले भर्खरै हिन्दुधर्मावलम्बीको महान चाड बडादशैको अवसरमा छिमेकी देश भारतबाट ठुलो संख्यामा नेपालीहरु आफ्नो जन्मभुमि फर्किने गरेको अवस्थामा नागरिकको लागि नागरिक सहायता कक्ष समेत सञ्चालन गरेर आम मानिसलाई सहयोग गरेको यथार्थ ताजा रहेको छ ।

नियमित रूपमा गस्ती र भन्सार छलीका सामान बरामद भइरहेको यस नाकामा शस्त्र प्रहरी बलका कारण यतिबेला स्थानिय मानिसको सास्तीमा कमी आएको स्थानीहरुले बताएका छन् । नेपाल भारत खुल्ला सीमाको कारण नेपालको मुख्य बजारको रूपमा रहेको लोकाहा बजारबाट गरायसी सरसामान किनमेल नियमित भइरहेको अवस्थामा स्थानिय पालिकाहरुमा हुने धार्मिक कार्य भोजभतेर ,वैवाहिक कार्य लगायतको कार्यहरूका लागि सम्बन्धित पालिकाको सिफारिशमा गरायसि र भोजभतेरका सरसामान आयात निर्यातमा सहजता गराइरहेको स्थानियहरुले बताएका छन । डिएसपी भट्ट आएदेखि भन्सार छलीका घटनामा कमी आएको र भारतीय सीमा नाका खुल्ला भएको कारणले चौरीको बाटो धेरै भएको कारनले यदाकदा चोरी निकासी भएपनि भट्टको कमाण्डमा टोलीले अहोरात्र खटेर सुरुक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१